Sidha Patra शनिबार, आषाढ १८, २०७९

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौँ अधिवेशनको मिति नजिकिँदै गर्दा चुनावी रौनक बढ्दै गएको छ ।

घोराहीमा पुरानो र सबैभन्दा धेरै उपभोक्ता संख्या रहेको खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएसँगै मनोनयन पनि भएको छ । जसमा अध्यक्षसहित ११ पदका लागि गठबन्धनसहित अन्य दलबाट २७ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा गठबन्धनसहित प्रतिपक्षी एमाले र राष्ट्रिय जनमोर्चा समन्वय समिति र स्वतन्त्रबाट ४ जना जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट वर्तमान अध्यक्ष देवीबहादुर डिसी, एमालेबाट नारायणप्रसाद भुसाल,राष्ट्रिय जनमोर्चा समन्वय समितिबाट रामबहादुर जिएम र स्वतन्त्रबाट वर्तमान सचिव सुमन शर्माले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन समिति संयोजक दीपककुमार रेग्मीले जानकारी दिनुभयो ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,कोषाध्यक्ष र सदस्य लिएको छ भने माओवादीलाई उपाध्यक्ष र केही सदस्य दिएको छ । जस अनुसार, वरिष्ठ उपाध्यक्ष पदमा गठबन्धनबाट वर्तमान उपाध्यक्ष भरतमणि पाण्डेले उम्मेदवारी दर्ता गराउँदा एमालेबाट उपाध्यक्षमा नरबहादुर बुढाथोकीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा लक्ष्मीदेवी सिंह ठकुरी र हेमन्ती पुन मगरको उम्मेदवारी परेको छ ।

त्यस्तै सचिव पदमा गठबन्धनबाट धर्मेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेबाट दिपककुमार श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै, अध्यक्षमा दावी गर्दै आएका वर्तमान कोषाध्यक्ष ध्रुव केसीले फेरी पनि गठबन्धनबाट कोषाध्यक्ष पदका लागि धु्रव केसी उम्मेदवारी दर्ता गराउँदा एमालेबाट सानुनारायण अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी ३ खुल्ला सदस्य पदका लागि ८ र ३ महिला सदस्य पदका लागि ७ जनाले मनोनयन दर्ता गराउनुभएको छ । खुल्ला सदस्यमा किशोरकुमार आचार्य, दिनेश ओली, नारायणप्रसाद लामिछाने, महेशकुमार न्यौपाने, युवराज आचार्य, सुनिलकुमार बनिया, हरी पौडेल र हरीप्रसाद खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै ३ महिला सदस्य पदका लागि वर्तमान सदस्य खुमाकुमारी खड्का, यशोदादेवी पाण्डे कै उम्मेदवारी परेको छ । गठबन्धनबाटै विन्दु पाण्डे, ज्योति रोका मगर, देवकला पाण्डे, बसन्ताकुमारी भट्टराईको उम्मेदवारी परेको छ भने एमालेबाट लक्ष्मी अधिकारीले मनोनयन दर्ता गराउनु भएको छ ।

त्यसैगरी उम्मेदवारी फिर्ताका लागि भोलि समय तोकिएकाले केही पदमा मनोनयन फिर्ताको सम्भावना रहेको बताइएको छ । गत चैत्र २२ गते सम्पन्न साधारण सभाले कार्यसमितिको काम गर्ने अवधि ३ वर्ष तोक्दै अब संस्थाको एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने नियम बनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]