
Tgp
Ssb
Rks
Ksb
Bsn
Gsb
Ppu
Rsb
Usb
Ssb
Nsb
Ksb
Csb
Ksb
jsb

Tsb
Ssb
Usb
Hl1
Gsb

Rgu
Nps
ptl
दाङ । लमहीमा अटाे व्यवसायीले थालेकाे आन्दाेलन प्रति नेकपा एमालेले एक्यवद्धता व्यक्त गरेकाे छ । एमालेका जिल्ला सदस्य तथा नगर इञ्चार्ज रतनकुमार केसीले अटाे व्यवसायीहरुलाइ व्यवसाय सञ्चालन गर्ने वातावरण स्थानीय सरकारले बनाउनु पर्ने,बजार व्यवस्थापनकाे नाममा साना व्यवसायीहरुलाइ सताउन नहुने,उचित विकल्प सहित व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नु भएको छ ।
अटाे पार्किङ व्यवस्थित बनाउने नाममा अटाे व्यवसायीकाे राेजिराेटीमा असर पार्ने काम नगरपालिकाले गर्न थालेकाे आराेप अटाे व्यवसायीकाे छ । करिब एक सय अटाे लमही नगरपालिकामा पार्किङ गरेर आन्दाेलन थालिएको छ ।
त्यस्तै यता लमही नगरपालिकाले अटाे व्यवसायीहरुले निश्चित ठाउँमा पार्किङ गर्ने सहमति जनाएपनि त्याे सहमति उल्ङघन गर्ने काम भएको बताएकाे छ ।
