
Sgp
Jns
Asb
ksb
Rgp
lnp
Ggp
Lks
Rgp
Rgp
Rgp
Dbs
Dus
Usb
Lnp
Ggp


काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारीको आज मंगलबार ७१औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ।
नेकपा एमाले र उसका विभिन्न जनसंगठनहरूले मंगलबार विभिन्न कार्यक्रम गरि मदन जयन्ती मनाउन लागेका हुन्। एमाले र उसका जनसंगठनले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन विभिन्न कार्यक्रम गरिरहेका छन्।
नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद ९जबज०’ को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो। जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
त्यस्तै भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो । भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो।
