
Rgp
Jns
Lks
Asb
Ggp
Ggp
Dus
ksb
Rgp
Sgp
lnp
Rgp
Usb
Rgp
Dbs
Lnp


दाङ । राप्ती गाउँपालिकाका अध्यक्षले हचुवाको भरमा बजेट सिलिङ्ग निर्धारण गरेका कारण उपाध्यक्ष सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले असहमती जनाएको नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले स्पष्ट पारेको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने विषयमा गाउँपालिकाको विषयगत क्षेत्रको आधारमा सन्तुलित विकास बजेट विनियोजन गर्नुपर्नेमा हचुवाको भरमा बजेट सिलिङ्ग निर्धारण गरिएको एमाले राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारीले विज्ञप्ती मार्फत स्पष्ट पार्नु भएको छ ।
बजेट सिलिंग अनुसार विषयगत समिति र वडा समितिहरु समेतबाट बजेट बाँडफाँड भएर आएपछि स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ६७ को व्यवस्था अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसेर योजना प्राथमिकरणगरी बजेट निर्माण गरेर उपाध्यक्ष मार्फत कार्यपालिका बैठकबाट अनुमोदन गराएर गाउँभामा पेश गर्नुपर्ने नीतिगत व्यवस्था छ । तर,गाउँपालिकामा केही व्यक्तिहरु बसेर योजना छनौंटको चरणहरुलाई वेवास्ता गरेर कार्यपालिकाबाट जवरजस्ती रुपमा अनुमोदन गराउन खोजिएकाले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले असहमती जनाएको विज्ञप्तीमा उल्लेख छ ।
कार्यपालिकाको बैठकमा प्रत्यक्ष प्रशाण गर्ने नाममा बैठक स्थलमा पत्रकारको रुपमा पार्टीका कार्यकर्ता प्रवेश गरेको विषयमा एमालेले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । हरेक बैठकको प्रत्यक्ष प्रशारण गर्न सकिने,त्यो कार्यपालिकाबाटै गर्न सुझाव दिइएको छ । एमालेले आगामी आर्थिक वर्षको बजेट आपसी सहमतीका आधारमा गाउँसभामा पेश गरेर अनुमोदन गर्ने बारेमा स्पष्ट धारणा राखेको हो ।

