सुरज भट्टराई /रुपन्देही सोमबार, आषाढ ०६, २०७९

बुटवल । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्बिका विरुद्ध बुटवल बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भई टायर बाल्नुका साथै यातायातका साधनलाई समेत केही समय रोकेका थिए ।

प्रदर्शनमा अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जनताको अभिमतलाई कुच्चेर बनेको गठबन्धन सरकार जनता मारा सरकार भएकोले आन्दोलन गर्न बाध्य हुनुपरेको बताएका थिए । उनले मुल्य समायोजनका नाममा भ्रष्टचार र घुखघोरीलाई बढ्वा दिदै सरकारले एक पछि अर्काे गर्दै जनताको ढाड सेकिने गरी दैनिक जिवन यापनमा ठुलो मर्का पुर्याउने काम गरेको आरोप लगाएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियु रुपन्देहीका जिल्ला उपाध्यक्ष भरत अर्यालले सरकारले जनतालाई अति नै ढाँड सेक्ने काम पटक पटक गरेको हुँदा अवको आन्दोलन निर्णायक बनाउने बताएका थिए । बिरोध कार्यक्रममा अनेरास्ववियु बुटवल क्याम्पस कमिटी अध्यक्ष गोबिन्द रिजाल, सचिव कृष्ण पान्डे लगाएतले बोलेका थिए ।

सरकारले हिजो साझदेखि मुल्य वृद्धि गरी पेट्रोलको नयाँ मुल्य प्रति लिटर १९९ र डिजेल तथा मट्टीतेलको प्रति लिटर १९२ बनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]