Sidha Patra सोमबार, आषाढ ०६, २०७९

दाङ । खेतीपातीको मौसम शुरु भईसक्दा पनि अभाव खेप्दै आएका किसानलाई मल बीउको सहज आपूर्तिको माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ जिल्ला समिति दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएको छ ।

अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष ऋषिराम पौडेल,केन्द्रिय कोषाध्यक्ष प्रेमनारायण आचार्य,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यसहितको आज जिल्ला प्रशासन पुगेको टोलीले अबिलम्ब मलको व्यवस्था गर्नुपर्ने,मलको दीर्घकालिन समस्या समाधान गर्न मल उद्योगको स्थापना गर्नुपर्ने,रासायनिक मलमा अनुदान थप्नुपर्ने, रासायनिक मलको ठाउँमा कम्पोस्ट मल प्रयोग गर्न उत्प्रेणा दिनुपर्ने,सहरको फोहोरबाट कम्पोस्ट मल बनाउनुपर्ने माग राखेको छ ।

यस्तै,किसानले उत्पादित बस्तुको बजार व्यवस्थापन गर्नुपर्ने, कृषि उत्पादन हुने जमिन प्लानिङ र खण्डिकरण हुनबाट रोक्नुपर्ने,कृषि कर्जा सहज रुपमा पाउने वातावरण निर्माण गर्नुपर्ने,भू–उपयोग नीति लागू गर्नुपर्ने,किसान पेन्सनको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । यस्तै,कृषि बिमा निशुुल्क गर्नुपर्ने,हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था हुनुपर्ने,बिउ बिजन स्वदेशमै उत्पादन गर्नुपर्ने, सिंचाइमा लागेको विद्युुत महसुलमा छुट गर्नुपर्ने लगायत मागहरु राखिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले मागका विषयमा गृहमन्त्रालयमा जानकारी गराउनुका साथै आववश्यक व्यवस्थाको लागि पहल गर्ने आश्वासन दिनएको छ । उक्त ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासंघका जिल्ला कोषाध्यक्ष खिमानन्द खनाल,जिल्ला सदस्य मनिराम खनाल,खडानन्द खनाल,हरी खरेल,सुरेश कुमार पाण्डे,दिनेश रैदाश लगायत पुगेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]