
Gsl
Pbu
Bs1


दाङ । अघोषित रुपमा केही दिनयता लोडसेडिङ हुन थालेपछि नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिकाको नगर समितिले ध्यानाकर्षण पत्र बुझाएको छ।
विद्युत प्राधिकरण दाङ स्थित वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै लालटिन बालेर उपहार दिएकाे नगर सभापति तिलक रावतले बताए ।
यस अघि ध्यानाकर्षण पत्र मार्फत अघोषित लोडसेडिङलाई समाधान गर्न आग्रह गरिएको भएपनि बेवास्ता भएपछि अहिले लालटिन नै उपहार दिएर दबाब पुगाेस भन्दै तत्काल समाधान गर्न माग गरेकाे जनाएको छ।
त्यस्तै ध्यानाकर्षण पत्र बुझाउन नेपाली काङ्ग्रेस दाङ प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ,क्षेत्र नं. २ का क्षेत्रीय सभापती भिमप्रकाश खड्का, उपसभापति दुर्लभ केसी,दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जाेशी, नगर सदस्य किरण बाेहरा,ऋषि पाेख्रेल,सुरज बुढाथोकी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
