Sidha Patra शुक्रबार, आषाढ ०३, २०७९

दाङ । जनता समाजवादी पाटी तुलसीपुर नगरसमितिले राप्ती प्रादेशिक अस्पतालमा सेवा सुधारको माग गरेको छ । अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढ्दै गएको अवस्थामा सेवाको स्तर झन् पछि झन् फितलो बन्दै गएको भन्दै जसपा तुलसीपुरले सेवा सुधारको माग गरेको हो ।

जसपा तुलसीपुर नगर अध्यक्ष टोपबहादुर महतारा र सचिव मोहन सिंह वली,अस्पतालका निमित्त प्रमुख ओम अर्याललाई नौ बुँदे ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा अस्पतालको एक्सरे सेवा,ल्याब सेवालाई नियमित बनाउनुपर्ने,नि:शुल्क पाउने औषधिको अभाव हुन नहुने,अस्पतालबाट प्रदान गरिने सेवाहरु आम नागरिकले बुझ्नेगरी सुचना पाटीमा राखिनुपर्ने उल्लेख छ ।

यस्तै अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई स्वच्छ खानेपानीको व्यवस्था गरिनुपर्ने, सामान्य प्रकृतिका बिरामीलाई पनि रिफर गर्ने परम्पराको अन्त्य गरिनुपर्ने ज्ञापनपत्रमा भनिएको छ । अशक्त र जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा सेवा दिनुपर्ने,डाक्टर तथा अन्य कर्मचारीले आफ्नो ड्युटी समयमा बाहिर काम गर्न नहुने र अस्पतालले फोहोर व्यवस्थापन उचित ढंगल गर्नुपर्ने जसपाले ज्ञापन पत्रमार्फत भनेको छ । त्यस अवसरमा जिल्ला सदस्य शंकरमान विष्ट र गिता विष्टको पनि सहभागिता रहेको थियो ।हेर्नुस् ज्ञापनपत्र

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]