
Rgp
Dus
Jns
Rgp
Lks
Ggp
ksb
Lnp
Rgp
Sgp
Rgp
Usb
Ggp
lnp
Asb

lms

कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्लाको शिवराज नगरपालिका ५ रहरकोटबाट साढे १८ किलो चरेस सहित आईतबार ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ हसीपुर गाउँपालिका वडा २ निवासी ३१ वर्षका रामतुल मिया, दाङ राप्ती गाउँपालिका वडा १ लम्तिया बस्ने ४१ वर्षका जितमान मिया र रोल्पा सुनछहारी गाउँपालिका २ निवासी ४१ बर्षीय जपी बुढा रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
