Sidha Patra बिहिबार, आषाढ ०२, २०७९

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको हो ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

यसैबीच,राज्यमन्त्री वली प्रकरणमा एमालेले धमिलो पानीमा माछा मार्न खोजेको छ ।

राज्यमन्त्री वलीका विषयमा मुख्यमन्त्रीको जवाफ माग गरेर एमालेले केही समय लुम्बिनी प्रदेशको संसद अवरोध गरेको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले तुलसीपुरमा महिला र बालिकामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

मंगलबार राज्यमन्त्री वलीले दाङको तुलसीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ ।

राज्यमन्त्री वली विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ ।

राज्यमन्त्री वली एमालेबाट प्रदेश सभाको उप–निर्वाचनमा निर्वाचित भएकी थिइन् । वलीलाई जिताउन एमालेका शंकर पोखरेलसहितका नेताहरूले ठूलो भूमिका खेलेका थिए ।

नेकपा विभाजन भएपछि वलीले एमाले छाडेर माओवादी केन्द्रतिर लागेपछि एमालेका नेताहरू रिसाएका छन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न वलीले नै मुख्यभूमिका निभाएकी थिइन् ।

अहिले आएर एमालेका महासचिव समेत रहेका पोखरेलले वलीसँग बदला लिने असफल प्रयास गरेका छन् ।

तुलसीपुर घटनापछि राज्यमन्त्री वली बुधबार अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समया भएको भन्दै वली बुटवलमा अस्पताल भर्ना भएकी हुन् । रिपब्लिका-दैनिकबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]