
Pbu
sbs
Ggp
pku
Rgp1
Srbpu
Sgr
Unsku
Lnp
Gfs
Djs
cjs
Rgp
Pes

Ssm
Rgu
Rsb
Vor
Asm
Gst
Ksm
Bbu
Tsm
Bbbpu
Pvg
Hal
Rgu
nsb
Sls
Rgs
Wsp
Sbs
Ggd

Jmb
Mks
Bml
Jmb
Rmb
Pls
sab
Syp
Gsb
Rpp
Ptm
Abd
bbt
दाङ । शान्तिनगर गाउँपालिकाले आँखा स्वास्थ्य शिक्षा तथा उज्यालो अभियानमा सार्वजनिक प्रतिबद्धता जनाएको छ । नेपालको संविधान र नेपाल सरकारको स्वास्थ्य नीति बमोजिम आफ्नो पालिकाका सबै नागरिकलाई सहज, शुलभ एवं स्तरीय स्वास्थ्य सेवाका लागि सो गाउँपालिकाका जनप्रतिनिधिहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बुधबार नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्तीले पालिकाकै सभाकक्षमा आयोजना गरेको जनप्रतिनिधिहरुका लागि अनुशिक्षण एवं सहजीकरण कार्यक्रममा पालिकाका प्रमुख, उपप्रमुख एवं सबै वडाध्यक्षहरुले पालिकाका सबै आँखा रोगीहरुको सहज स्वास्थ्य उपचारका लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेपाल नेत्रज्योति संघका प्रशासनिक समितिका संयोजक चिरन्जिवी रिजालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले पालिका आगामि आर्थिक वर्षका लागि बजेटिङको अभियानमा रहेको बताउंदै नयाँ बजेटले यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
‘हामीलाई तपाईहरुले पालिकाभरी करीब ५ सय ५४ जना मोतिविन्दुका समस्या भएकाहरुको शल्यक्रिया गर्नुपर्ने तथ्यांक उपलव्ध गराउनुभो, त्यसका लागि धन्यवाद दिन चाहन्छु, अब हामीले पनि तथ्यांकलाई थप अपडेट गरेर कार्यपालिका बैठकमा अनुमोदन गरी आवश्यक प्रक्रिया अघि बढाउने छौं’, पालिकाका प्रमुख बस्नेतले भने । उनले निशुल्क मोतीविन्दुको अप्रेशनमा यसअघि पनि पालिकाले अहम भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउने पनि विश्वास व्यक्त गरे । उनले कार्यपालिका बैठकमा साना बालवालिकामा हुने दृष्टिदोषको समस्या र ज्येष्ठ नागरिकहरुमा हुने मोतीविन्दु दुवैको उपचारमा छलफल गरिने पनि बताए ।
त्यस्तै सो अवसरमा गाउँपालिकाका उपप्रमुख तथा विशिष्ठ अतिथि प्रेमा कुमारी बुढाथोकीले प्रत्येक पालिकामा नेत्रज्योति संघको शाखा गठन गरी आँखा उपचार सेवाका थप योगदान पुर्याउन नेपाल नेत्रज्योति संघलाई आग्रह गरिन् । कार्यक्रममा शान्तिनगर गाउपालिका—३ का अध्यक्ष मीन बहादुर केसीले आफ्ना नागरिकहरुको दृष्टि जोगाउने सन्दर्भमा जनप्रतिनिधिहरु सधै सकारात्मक हुने भन्दै आँखा अस्पतालसँग सहकार्य गरेर आफुहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासन प्रमुख किरण पौडेलले शान्तिनगर गाउँपालिका सहित नेपालभरकै आँखा रोगीहरुको तथ्यांक र नेत्रज्योति संघले आँखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भूमिकाको तथ्यांक प्रस्तुत गरेका थिए । साथै उनले प्रस्तुत गरेको तथ्यांकमा शान्तिनगर गाउँपालिकामा जम्मा ५ सय ५४ जना मोतिविन्दुका रोगीहरु भएको उल्लेख छ । तथ्यांक हरेक वडापिच्छेको उल्लेख गरिएको थियो ।
सोहि अवसरमा राप्ती आँखा अस्पताल बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले मुख्यगरी मानिसका आँखामा लाग्ने रोग, लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराएका थिए ।
यस्तै पालिकाभरका सबै जनप्रतिनिधिहरुको उपस्थितिमा नेत्र सहायक गौतमले मोतिविन्दु, जलविन्दु, दृष्टि दोष, ट्रकोमा, आँखामा फुलो पर्ने, आँखामा हुने एलर्जी, आँखामा मासु पलाउने लगायतका समस्यामा उपचार विधिका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
प्रदेश पत्रबाट
