
Djs
Pes
Srbpu
Ggp
pku
Rgp1
Lnp
Pbu
Sgr
cjs
sbs
Rgp
Unsku
Gfs

Rgu
Rsb
Vor
nsb
Rgu
Tsm
Gst
Bbu
Sbs
Wsp
Ksm
Asm
Bbbpu
Ssm
Sls
Pvg
Rgs
Hal
Ggd

Pls
sab
Rmb
Jmb
Abd
Ptm
bbt
Rpp
Jmb
Gsb
Mks
Bml
Syp
कपिलवस्तु । कपिलबस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा १ हजार ४ सय ७६ जना मोतिबिन्दुका बिरामीहरु आँखा अप्रेशनको पर्खाइमा रहेको तथ्यांक एक कार्यक्रमका बिच सार्वजनिक भएको छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले बुद्धभुमी नगरपालिकाको गोरेसिंगेमा आयोजना गरेको “आँखा स्वास्थ्य र उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका” बिषयक छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभाति रेशमबहादुर खड्काको अध्यक्षता र बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपमेयर मीरा थारुको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले नगरपालिकाभित्र देखिएको अन्धोपनको समस्यालाई न्युनीकरण गर्न आँखा अस्पतालसँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यस्तै उहाँले सबै १० वटै वडाहरुले आफ्नो वडामा आँखा शिविरको आयोजना गर्न र आँखा स्वास्थ्यको लागि बजेटको बिनियोजन गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिनु भयो । प्रमुख अतिथी श्रेष्ठले आँखा अस्पतालसँगको साझेदारीमा बुद्धभुमी नगरपालिकाको प्राङगनमा हरेक शनिबार नि:शुल्क आँखा चेकजाँच भैरहेको र यसको निरन्तरताको लागि समेत नगरपालिकाले थप सहयोग गर्ने बताउनु भयो ।
विशिष्ट अतिथीको आसनबाट बोल्दै बुद्धभुमी नगरपालिकाका उपमेयर मीरा थारुले नगरपालिका भित्र रहेको १४ सय बढी मोतिबिन्दु रहेको तथ्य सार्वजनिक भैरहँदा यो बिषयले आफूलाई चिन्तित बनाएको बताउनु भयो । उहाँले यो संख्यालाई आगामी ३ वर्षभित्रमा अँखा अस्पतालसँग सहकार्य गरी न्युनीकरण गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । छलफल कार्यक्रममा बुद्धभुमी नगरपालिका वडा नं. १ का अध्यक्ष तेजबहादुर बस्नेत र वडा नं. ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्यले आफ्नो वडामा रहेको अन्धोपनको समस्यालाई न्युनीकरण गर्नेमा आफूहरु कटिबद्ध रहेको बताउनु भयो ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्रज्योति संघ,दातृ निकाय ल्ब्द्यए, लुम्बिनी प्रदेशमा रहेको दृष्टिविहिनताको व्यापकता,नेपाल नेत्रज्योति संघ अन्तर्गत रहेका आँखा उपचार सेवाका तहहरु, नेपालको संविधानको मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धि हकको बिषय र राष्टि?य स्वास्थ्य नीति २०७६ ले नीतिगत रुपमा गरेका व्यवस्थाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
त्यसैगरी छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले आँखा स्वास्थ्य शिक्षाको बारेमा सहभागीहरुलाई भएको थियो । सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्तले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बुद्धभुमी नगरपालिकाका मेयर,उपमेयर,वडा अध्यक्ष,सदस्यहरु समेत गरी ७५ जना सहभागी रहेको कार्यक्रममा लमही आँखा अस्पतालका लजिष्टिक म्यानेजमेन्ट अफिसर मीना थापा मगर,प्रशासकीय सहायक कमल चौधरी,लेखापाल जेनिशा थापा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो ।
