
Ggp
Ggp
Rgp
Ksbus
Asbus
Ksbus
Sdc
Lnp
Msbus

दाङ । आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रतिनिधिको भुमिका विषयक छलफल कार्यक्रम आइतबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा गढवा गाउँपालिकाका जनप्रतिनिधिहरुसंग सो कार्यक्रम भएको हो ।
एनएवीपी नर्वेको सहयोगमा भएको कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले आँखा स्वास्थ्य सेवा र त्यसको विकासका लागि आफुहरुले सहयोग गर्ने बताएका थिए । सो अवसरमा जनप्रतिनिधिहरुले संघद्वारा सञ्चालीत लमही आँखा अस्पतालसंगको साझेदारी र सहकार्यमा आगामी दिनहरुमा दृष्टि बिहिनता अन्धोपनलाई न्यूनिकरण गर्ने कार्यमा सहकार्य गर्ने सबैले प्रतिवद्धता व्यक्तगरेका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल (शर्मा) विश्वासको प्रमुख आतिथ्य एवं उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रमले अन्धोपन न्यूनिकरणमा खेलेको भुमिका भावि योजना र गढवा गाउँपालिकामा अन्धोपनको अवस्थाको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले प्रस्तुकरण गर्नु भएको थियो ।
त्यस्तै दृष्टि विशेषज्ञ मदन चौधरीले आँखा स्वास्थ्य शिक्षाको विषयमा आफनो प्रस्तुकरण गर्नुभएको थियो । कार्यक्रममा गढवागाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,उपाध्यक्ष शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,वडा नम्बर ६ का अध्यक्ष वीरबहादुर आले, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज पोख्रेल लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन दृष्टि विशेषज्ञ मदन चौधरीले गर्नु भएको थियो ।

