
Rgp
Lnp
Sdc
Ksbus
Ggp
Msbus
Ggp
Asbus
Ksbus


दाङ । कलाकार सागर भण्डारी अभिनित गित “मनमा पिर कति लिने हो” यूटुवको चौथो स्थानमा आउन सफल भएको छ । पछिल्लो समय दर्शक श्रोताको मनमा बस्न सफल हुनुभएका कलाकार भण्डारीले अभिनय गर्नुभएका गितहरु सबै दर्शक श्रोताले रुचाउने गरेका छन् ।
दाङ निवासी भण्डारीलाई सांगीतिक क्षेत्रमा बिस्तारै बिस्तारै सफलता मिल्दै गएको छ । माया प्रेममा आधारित यो गीतको अभिनय, शब्द, लयले गीत सुन्ने हेर्ने जो कोहीको पनि मन छुने गदर््छ । भण्डारीले अभिनय गरेको यो १६ औं गीत हो, उहाँका गीतहरु सांगीतिक फाँटमा एक पछि अर्को आउने क्रम जारी छ ।
यस गीतमा चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड र प्रविशा अधिकारीको सुमधुर आवाज रहेको छ । रामकान्त न्यौपानेको शब्द, बादल घिमिरेको संगीत रहेको छ भने सागर र प्रियना आचार्यको उत्कृष्ट गितमा अभिनय रहेको छ । २०४९ सालमा बुवा उमाकान्त भण्डारी र आमा पिमा भण्डारीका कान्छा छोराको रुपमा जन्मिीनुभएका सागर दाङको क्षेत्रमा एक सफल युवा व्यवसायीका रुपमा पनि परिचित पनि हुनुुहुन्छ ।
त्यस्तै सांगीतक क्षेत्रमा जम्दै आएका भण्डारी दाङको घोराहीमा रहेको रेडियो मध्यपश्चिममा पनि अभिनय तपाईको कार्यक्रम प्रस्तोता समेत हुनुहुन्छ । बजारमा सर्बत्र उपलब्ध मायालु, मलाई माया गरन, लुसु लुसु, आशु ढीकाले, तिम्रै मायाले, गोरि गोरी, तीम्रो घरको आगनीमा, सितको पानी, गोल्डेन को चुरा, नाटकै भाछ नि तीज, पर्खाइ बोलका नेपाली गीतहरुमा दमदार अभिनय देख्न सकिन्छ । दर्शक स्रोताको माझमा आएका र अन्य गीत जस्तै यो गीतलाई पनि माया गरेर साथ सहयोग गरिदिन सागरले आग्रह गर्नुभएको छ । “मनमा पिर कति लिने हो” बोलको गीत नमस्ते युटूब च्यानलमा रहेको छ ।https://www.youtube.com/watch?v=bO4rYgJDu_A&t=151s
