
nsm
Ssbus
Ssbus
Sssbus1
Sssbus1
ssbus
Bs1
Ssbus
Pbu
tssbus
Gsl

Rgu
Bbu
Rgu
Asm
Sls
Ksm
Ggd
nsb
Tsm
Pvg
Gst
Ssm
Sbs
Rgs
Wsp
Vor
Bbbpu
Hal
Rsb

Rpp
Mks
Jmb
Abd
Jmb
Bml
Gsb
sab
Syp
Pls
Ptm
bbt
Rmb
दाङ । काङ्ग्रेस,माओवादी र स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षले तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठक बहिष्कार गरेका छन्।एमालेको बहुमत रहेको उपमहानगरमा एकलौटी रूपमा निर्णय गर्न खोजेपछि उनीहरूले कार्यपालिका बैठक बहिष्कार गरेका हुन् ।
बिहीबार बिहान विषयगत समिति गठन गर्ने क्रममा एकलौटी भएको भन्दै कार्यपालिका बैठक बहिष्कार गरेको कांग्रेसबाट निर्वाचित वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए । उनले भने, ‘मेयर एउटा चुनाव चिह्नबाट आउनु भएको हो। हामी पनि एउटा चुनाव चिह्नबाट आएका हौँ।
स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन। मेयरले अभिभावकको भूमिका निभाउनुपर्ने हो । उहाँले १९ वटै वडाध्यक्षलाई समान व्यवहार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ उनले विषयगत समिति बनाउने क्रममा मेयरले सिधै आफ्नो घरबाट तयार पारेर ल्याउनु भएको र आफूलाई साक्षीका रूपमा प्रस्तुत गर्दा नै बैठक बहिष्कार गरेको पनि बताए ।
‘हामीले ठूलो पार्टीको हैसियत लेखा समितिको संयोजक विधान अनुसार पाउनुपर्ने हो’,उनले थपे, ‘तर हामी गठबन्धनमा चुनावसँगै लडेको माओवादी केन्द्रलाई पनि कुनै पनि समितिमा ठाउँ दिनुपर्ने भन्ने हाम्रो माग हो । यसविपरीत हामीसँग दुई तिहाइ छ । हामी दुई तिहाइले निर्णय गर्छौ भन्ने कुरा आएपछि हामी बाहिर आएका हौँ।’
उनले आफूहरूले कुनै पनि समितिको जिम्मेवारी नपाउने भएपछि दूधको साँची बिरालो बन्न नसक्ने पनि बताए । उनले मेयर टीकाराम खड्कालाई दुई तिहाइ बहुमतको दम्भ भएको भन्दै यसले आफूहरूलाई कुनै असर नगर्ने पनि ठोकुवा गरे । उनले आफूहरूको काम वडावासीलाई सेवा दिने भएको बताउँदै कार्यपालिकामा कानुन बनाउने काम हुने भएकाले मेयरले बहुमतका आधारमा काम गर्दा स्मार्ट उपमहानगरपालिका नहुने पनि बताए ।
उनले भने,‘९ वटा वडा उहाँको विरोधमा छन् । उपमहानगरलाई स्मार्ट बनाउने भन्दै गर्दा आफ्नो पार्टीले जितेका १० वटा वडालाई अगाडि बढाएर ९ वटा वडालाई पछाडि राखेर उपमहानगर स्मार्ट सिटी हुन्छ भनेर मेयरले कल्पना नगरे हुन्छ ।’
त्यस्तै माओवादी केन्द्रबाट निर्वाचित वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीले बैठकमा एकलौटी तरिकाले पार्टी कार्यालय जसरी उपमहानगरपालिका चलाउन खोजेको र विषयगत समितिमा एमालेका वडाध्यक्षहरूलाई मात्रै जिम्मा दिन खोजेपछि आफूहरूले कार्यपालिका बैठक बहिष्कार गरेको उनले बताए । उनले बहुमत भएकाले एमालेले कार्यपालिकामा बल मिच्याइँ गर्न खोजेको भन्दै उपमहानगरलाई पार्टी कार्यालय जसरी चलाउन नदिने पनि बताए ।
१९ वटै वडालाई व्यवस्थित बनाउन सबै वडाध्यक्षलाई समान रूपमा जिम्मेवारी दिनुपर्ने भए पनि एकलौटी जिम्मेवारी दिँदा त्यसले सबै वडाको भावनासमेत समेट्न नसक्ने स्वतन्त्रबाट निर्वाचित तुलसीपुर-१६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए । उनले बैठकमा प्रस्ताव ल्याएर आउनुपर्ने भए पनि निर्णय नै ल्याएर आएको पनि बताए । उनले प्रस्तावमाथि छलफल, बहस हुने भन्दै बैठकमा निर्णय नै ल्याएर आफूहरूलाई ताली बजाउनका लागि मात्रै लिन खोजेको पनि आरोप लगाए ।
उपमहानगरपालिकाका सम्पूर्ण विभागको जिम्मा एमालेलाई मात्रै प्रदान गरिएको छ। सुशासन विभागको नेतृत्व धर्म वली,आर्थिक समितिको नेतृत्व माधव वली,सामाजिक विकासको नेतृत्व मानबहादुर रावत,विपत् व्यवस्थापनको दुजमान भण्डारी, पूर्वाधारको नेतृत्व वीरबहादुर विक,विधेयक निर्माणको नेतृत्व भीमबहादुर योगी,अनुगमन, योजना तथा बजेट र राजस्वको नेतृत्व स्यानी चौधरीलाई प्रदान गरिएको छ ।
त्यस्तै उनीहरू सबै एमालेबाट निर्वाचित हुन्। त्यसैगरी प्रवक्ताको जिम्मा माधव वलीलाई प्रदान गरिएको छ । तुलसीपुरको कार्यपालिकामा एमालेको बहुमत छ । मेयर र उपमेयर सहित २९ जना कार्यपालिका सदस्य रहेको तुलसीपुरमा एमालेका मात्रै १९ जना कार्यपालिका सदस्य छन् भने गठबन्धनबाट कांग्रेसका ५,माओवादी केन्द्रका ३ र स्वतन्त्रका १ जना रहेका छन् ।
