
Ksb
Usb
Ppu
Ssb
Tgp
Rks
Gsb
Ksb
Ksb
Bsn
Nsb
Csb
Rsb
Ssb

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
काठमाडौं । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् ।
यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा पहिलो महिला बनेकी छिन् ।
वि.स २००४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघको पहिलो साता डिआइजीमा बढुवा भएकी थिइन् । डिआइजी भएको साढे चार महिनामै उनी एआइजी भएकी हुन् । विशिष्ट श्रेणीमा पुग्न आफ्नो र संगठनका लागि गर्वको विषय भएको सिंहको प्रतिक्रिया छ ।
‘सरकार र संगठनले मूल्यांकन गरेको छ, यो नेपाल प्रहरी र समग्र महिलाका लागि गर्वको विषय हो,’ उनले भनिन्, ‘महिला पनि सुरक्षा निकायमा विशिष्ट श्रेणीसम्म पुग्न सफल हुन्छन् भन्ने यसले धेरैलाई सकारात्मक सन्देश पनि दिएको छ ।’
