
Asbus
Sdc
Ksbus
Ggp
Rgp
Msbus
Ksbus
Lnp
Ggp


दाङ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले भव्य
कार्यक्रम आयोजना गरेको छ । गोपालप्रसाद रिमालको जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कवि गोपालप्रसाद रिमाल क्रान्तिकारी चेत भएका गद्य कविताका प्रवर्तक थिए ।
विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा घोराहीमा आयोजित स्व.कवि गोपालप्रसाद रिमालको व्यक्तित्व र कृतित्व विषयक स्मृति कार्यक्रममा अधिकांश वक्ताहरुले उक्त कुरा बताएका छन् । प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष डा.कृष्णराज डी सी को अध्यक्षता र लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल (पाल्पा)को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरेकृष्ण ज्ञवालीले कवि गोपालप्रसाद रिमालको व्यक्तित्व र कृतित्वको बारेमा लिखित सामग्री पस्किनु भएको थियो ।
प्रमुख अतिथि खनालले कवि रिमालको जीवनका विविध पाटाहरुबारे केलाउँदै रिमाल समाज परिवर्तनको तिब्र चाहना राख्ने प्रगतिवादी आधुनिक कवि हुुनुहुन्थ्यो भन्नु भयो । विशिष्ट अतिथि प्राज्ञसभा सदस्य डा.गोविन्द आचार्यले कवि रिमालका व्यक्तिगत र पारिवारिक जीवनका तरङ्गहरुको बारेमा प्रकाश पार्नु भयो भने,अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के. सी ले रिमालको “आमा” कविताको चर्चा गर्दै पत्रकारितामा लेखिएका बिषयहरु पढिन्छन् र हराउदै जान्छन्, तर साहित्य जीवन्त रहन्छ भन्नुभयो ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश महासचिव तेजप्रसाद खनालले प्रतिष्ठानको गठन प्रक्रिया,परिचय र बिषय प्रवेश गराउँदै स्वागत मन्तब्यको साथमा निकै गहकिलो समसामयिक कविता वाचन गर्नुभयो। कार्यक्रममा डा.हिमलाल पन्थी,डा.गणेश पाण्डेय ‘बलकल’,राप्ती साहित्य परिषदका केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा,लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने,प्रलेस दाङका रेशम बि सी,राप्ती साहित्य परिषद शाखा दाङका अध्यक्ष दिपक शर्मा ‘समिर’साहित्यकार हरिप्रसाद पाण्डेय,आशा न्यौपाने, सन्ध्या रेग्मी,कमला थापा क्षेत्री,जय भण्डारी,दिपक के सी,बालगोविन्द चौधरी र मधुसुदन गौतम लगायतले रचना वाचन र शुभकामना मन्तब्य दिनुभएको थियो ।
गत श्रावण महिनामा जुम बैठकद्वारा गठन गरिएको विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका सचिव नीमबहादुर थापाले सहजिकरण गरेको यो कार्यक्रम जिल्ला कै पहिलो कार्यक्रम हो । औपचारिक कार्यक्रम सकिएपछि बसेको कार्य समितिको बैठकले निम्नबमोजिम निर्णय गरेको छ । जिल्ला कार्य समितिमा रिक्त सदस्यमा डा.गणेश पाण्डेय ‘बलकल’, सन्ध्या रेग्मी र कमला थापा क्षेत्रीलाई मनोनयन गरेको छ ।
त्यस्तै हरेक तीन महिनामा एउटा कार्यक्रम गर्ने,रु १ हजार १ मा आजीवन सदस्यता बिस्तार गर्ने,र कार्य समितिलाई क्रियाशील बनाउने र आजको कार्यक्रममा पाल्नु हुने सबै अतिथिहरुलाई र नेपाल पत्रकार महासंघ दाङलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने सर्वसम्मत निर्णय समेत पारित गरेको छ ।
