
tssbus
Pbu
nsm
Sssbus1
Bs1
Ssbus
Sssbus1
Ssbus
ssbus
Gsl
Ssbus

Tsm
Sbs
Rgs
Hal
Wsp
Ksm
Bbbpu
Vor
Rgu
Asm
Sls
nsb
Pvg
Bbu
Rgu
Ssm
Ggd
Gst
Rsb

Jmb
Ptm
sab
bbt
Gsb
Jmb
Bml
Pls
Rmb
Syp
Rpp
Abd
Mks
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठको फेसबुक वालभरि हिजोदेखि बधाईको ओइरो छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउन लागेको समाचार छापिएसँगै उनलाई बधाई आउन थालेको हो।
आइतबार सकिएको एकीकृत समाजवादीको बैठकले ६ महिना पूरा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिइएको थियो।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफूसहित शेरबहादुर कुँवर,जीवनराम श्रेष्ठ मन्त्री बन्न लागेको जानकारी दिएका थिए। नयाँ मन्त्रीहरूको नाम अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको उनले बताएका थिए।
आइतबार अबेर भइसकेको र सार्वजनिक बिदा पनि भएकाले नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने आकलन गरिएको थियो। तर सोमबार बिहान कार्यालय समय सुरू भइसक्दा पनि राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीको सपथको कुनै सुरसार नै थिएन। राष्ट्रपति कार्यालयका अधिकारीले प्रधानमन्त्री देउवाले मन्त्री नियुक्तिका लागि कुनै सिफारिस नपठाएको बताएका थिए।
त्यस्तै यता प्रधानमन्त्री देउवाको सचिवालयले भने एकीकृत समाजवादीले मन्त्री फेर्न लागेको लिखित जानकारी नै नदिएको बतायो। आजै बिहान सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्यो। उक्त बैठकमा प्रधानमन्त्री देउवाले बजेट पारित नभएकाले अहिले मन्त्री फेर्न नहुने कुरा राखेका थिए।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको बताए। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने,अलि पछि गर्ने भन्ने कुरा भएको छ,’ यादवले भने। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकअघि एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेका थिए। एकीकृत समाजवादीबाट अहिले विरोध खतिवडा,रामकुमारी झाक्री,प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ मन्त्री छन्।
सोमबार दिउँसो स्वास्थ्य मन्त्री खतिवडाले मन्त्री फेर्ने कुरा बजारको हल्ला मात्रै भएको टिप्पणी गरे। ‘बजेट सेसन चलिरहेको बेला बजेट पेश गरेको सरकार,बजेट पेश गर्ने मन्त्री फेर्ने कुरा विश्वमै नहुने कुरा हो। यहाँ कसरी हुन्छ? बजारको हल्ला बजारमै सकिएन र भन्या। कहीँ नभएको जात्रा हाँडीगाउँमा कसैले गर्छ र भन्या, गर्दैन नि,’ खतिवडाले भने।
आफूहरूले सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेटेको कुरा भने उनले नकारेनन्। ‘दलीय व्यवस्थामा पार्टी कार्यालयमा मन्त्री जानु, प्रधानमन्त्रीलाई मन्त्रीले भेट्नु, राति बास बस्न घरमा जानु पनि कुनै न्युजको विषय हो र,’ उनले भने। मन्त्री हुन तम्तयार भएका एकीकृत समाजवादीका नेताहरूले भने गठबन्धन दलका नेताहरूका कारण तत्काल मन्त्री बन्न नपाएको बताएका छन्।
दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद तथा स्वास्थ्य राज्य मन्त्री बन्न लागेका हिराचन्द्र केसीले केहीबेरअघि माधवकुमार नेपाल कुरा नमिले पछि बालुवाटारबाट निस्किएको भन्ने सूचना पाएको बताए। ‘माधव कमरेडले आजै सपथका लागि राष्ट्रपतिलाई पत्रचार गर्नुहोस् भन्नुभएछ र जवाफमा प्रधानमन्त्री देउवा र प्रचण्ड कमरेडले तत्कालका लागि रोक्न आग्रह गर्नु भएको कुरा मैले सूचना पाएको छु,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका केसीले भने, ‘अब के हुन्छ भन्ने कुरा अझै टुंगो छैन। सपथ कहिले हुन्छ भनेर अध्यक्षसँग थप कुरा भएपछि मात्रै भन्नु राम्रो होला।’
शहरी विकास मन्त्री बन्न लागेका दाङ क्षेत्र नं. १ का सांसद एवं एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले पनि सपथ कहिले हुन्छ भन्ने कुरा एकीन भइनसकेको बताए । उनले जनता समाजवादी पार्टीले पनि मन्त्री परिवर्तन गर्न लागेको हुँदा उनीहरूले यो विषय टुंगो लगाउनासाथ सपथ हुने बताए।
‘सबैले सँगै र एकै पटक हेरफेर गरौं भन्ने कुरा आएको छ रे,’ चौधरीले भने, ‘मधेशवादी दलहरूले जति छिटो टुंगो लगाउँछन्, नयाँ मन्त्रीको सपथ त्यति नै छिटो हुन्छ होला।’पार्टीबाट यसअघिका मन्त्री फिर्ता बोलाइसकेको हुँदा छिट्टै मन्त्रिमण्डल हेरफेर हुने उनले विश्वास व्यक्त गरेका छन् ।सेतोपाटी
