
Sgr
Ggp
cjs
Rgp
sbs
Unsku
Rgp1
Djs
Srbpu
Lnp
Gfs
pku
Pbu
Pes

Bbu
Gst
Rgs
Rgu
Pvg
Wsp
nsb
Ksm
Sls
Ggd
Rsb
Tsm
Vor
Hal
Asm
Sbs
Ssm
Bbbpu
Rgu

Ptm
Jmb
sab
Rpp
Abd
Syp
Jmb
Rmb
Gsb
Bml
Pls
Mks
bbt
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा अवस्थित रहेको छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालले आज एक कार्यक्रमका बिच कृष्णनगरका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।
नेपाल नेत्र ज्योति संघ दाङ शाखा सचिव सुरेन्द्र बहादुर खडकाको अध्यक्षता तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रजत प्रताप शाहले आयोजकलाई हार्दिक धन्यवाद दिदै छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको मात्र न भै सम्पूर्ण जिल्लाको तथा भारतको व्यक्ति हरू समेत लाभान्वित हुने गरेको बताउदै यस अस्पतालका लागि आफू तथा कृष्णनगर नगरपालिका बाट हुने हरेक सहयोग गर्ने बताए ।
कार्यक्रममा छन्द( कालेबाबु) नारायणी आंखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विक, समशेर थापा,छन्द( कालेबाबु) नारायणी आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर डा.शुलक्ष्मी कटुवालले आफ्नो मन्तव्यमा कृष्णनगरका नव निर्वाचित जनप्रतिनिधि हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको अवस्था, साधनहरूको उपलब्धता,भौतिक संरचनाको अवस्था,सेवा लिने सेवाग्राहीको संख्या (बार्षिक रूपमा),अस्पतालका को विकास तथा समृद्धिमा नगरपालिका ले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष हरूको प्रतिनिधित्व गर्दै वडाध्यक्ष सतिष कुमार हरिजनले आँखा अस्पतालको विकास तथा समृद्धि कार्यक्रमका लागि आ आफ्नो वडाबाट बजेट छुट्याउन अनुरोध गर्दै अस्पताल ले दिदै आएको सेवा अविस्मरणीय रहने बताए ।
कार्यक्रममा उपस्थित नगर प्रमुख,नगर उप प्रमुख,वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत लाई खादा माला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा युवा नेता तथा समाजसेवी बैभव प्रताप शाह,शुशील कार्की,देवराज शर्मा,कमल चौधरी,उपेन्द्र चन्द, नशरूल्ला खान,डा.आरती काराखेती लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रमका अध्यक्ष सुरेन्द्र बहादुर खडकाले नव निर्वाचित जनप्रतिनिधी हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापनको घोषणा गरे । कार्यक्रम संचालन अस्पतालका सूचना अधिकारी बालाराम खडकाले गरे ।
