
Ksb
Gsb
Bsn
Ssb
jsb
Ksb
Csb
Ssb
Rsb
Nsb
Ksb
Ppu
Usb
Tgp
Rks

Ssb
Gsb
Tsb
Hl1
Usb

Nps
ptl
Rgu
कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ आँखा अस्पताल बहादुरगन्जले शुभकामना तथा बधाई ज्ञापन गरेको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द ( कालेबाबु ) नारायणी आँखा अस्पताल, बहादुरगन्जको आयोजनामा महाराजगन्ज नगरपालिकाका नवनिर्वाचित मेयर अब्दुल कलाम खान तथा उपमेयर रिता कुमारी कुर्मीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अस्पताल ब्यवस्थापन समितिका सदस्य रेशम बहादुर खडकाले खादा ओढाएर बधाई ज्ञापन गर्नु भएको हो ।
यसैगरी अस्पतालले महाराजगन्ज नगरपालिकाका ११ वटै वडाका सम्पुर्ण वडा अध्यक्ष ज्यु हरुलाइ समेत बधाई ज्ञापन गरेको छ । जसअनुसार वडा नम्बर १ का प्रमोद कुमार चौधरी, २ का उजेर अलि,३ का नैन दास मुराउ, ४ का शैलेन्द्र नाथ शुक्ला, ५ का छेदी प्रसाद कुर्मी, ६ का राम सिंह कुर्मी चौधरी,७ का रामरुप बढइ,८ का योगेन्द्र प्रसाद के.सि., ९ का फरिद अहमद मुसलमान,१० का शैलेन्द्र कुमार चौधरी र ११ का धर्मेन्द्र कुमार पुरी रहनु भएको छ ।
त्यस्तै उहाँहरुलाइ नेपाल नेत्रज्योति संघ,दाङ शाखाका उपसभापति रेशमबहादुर खडकाले सम्बन्धित वडा कार्यालयमै पुगेर बधाई ज्ञापन गर्नु भएको हो । सो अवसरमा दुई वटा वडाका अध्यक्षहरुसंग भेट हुन नसकेको प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा ले बताउनु भएको छ । अस्पतालले महाराजगन्ज नगरपालिका सहित चारवटा स्थानीय पालिकाका जनप्रतिनिधिहरुलाइ बधाई ज्ञापन गरिसकेको छ । यसपछी क्रमशः कपिलवस्तु जिल्लाका अन्य पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पनि बधाई दिने कार्यक्रम तय भएको अस्पताल प्रशासनले बताएको छ ।
यसैगरी बधाई कार्यक्रमको सिलसिलामा बोल्दै महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खान तथा उप प्रमुख रिता कुमारी चौधरीले आँखा अस्पतालसंग सहकार्य गरेर अन्धोपन न्यूनीकरण गर्नमा आफुहरुको पुर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
साथै नगरपालिकाका प्रमुख कलामले आगामी आर्थिक बर्षमा अस्पतालको लागि आवश्यक पर्ने मेशिन खरिदको लागि समेत आवश्यक बजेटको ब्यवस्थापन गर्ने बताउनु भएको छ ।बधाईको लागि अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा,ल्याब टेक्निसियन देबराज शर्मा र मधु खडकाको सहभागिता रहेको थियो ।
