
tssbus
ssbus
Sssbus1
nsm
Pbu
Ssbus
Gsl
Ssbus
Sssbus1
Ssbus
Bs1

Bbu
Rgu
Vor
Pvg
Hal
Asm
Rgs
nsb
Rgu
Gst
Sls
Wsp
Sbs
Bbbpu
Ggd
Tsm
Ksm
Rsb
Ssm

Rmb
Gsb
Ptm
Jmb
Jmb
Mks
Bml
Pls
Rpp
sab
bbt
Syp
Abd
कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी,उपाध्यक्ष फरहान अकबाल खान,महासचिव इश्वर दयाल मिश्र लगायतको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई आज ज्ञापन पत्र बुझाएका छन् ।
उक्त ज्ञापन पत्रमा नेपाल सरकार द्वारा प्रस्तुत २०७९/०८० को बजेट परम्परागत अवधारणा लाई निरन्तरता दिए पनि कृषि क्षेत्र लाई जोड दिएकोमा जनता प्रगतिशील पार्टीले आफ्नो वर्गीय आधार किसानलाई महत्व दिएकाले धन्यवाद ज्ञापन गर्दै त्यस्को कार्यन्वयनमा अनेक शंका रहेकाले तथ्य प्रति सचेत गराउदै आठ बुदे ज्ञापन पत्र प्रधानमन्त्रीलाई दिइएको छ ।
उक्त ज्ञापन पत्रमा बर्षे खेतीको समयमा किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने तथा भारतबाट स्वयं किसानले मलखाद्य ल्याउने गरेकाले सहज रूपमा सहयोग गर्ने,किसानले उत्पादन गर्ने बालीको न्यूनतम समर्थन मूल्य बिशेषज्ञ सम्मिलित स्थायी प्रकृतिको उच्चस्तरीय मूल्य निर्धारण गर्न आयोग गठन गर्नुपर्ने ।
वर्षायाममा बाढी पहिरो बाट हुने क्षति नियन्त्रणका लागि समयमै विपद व्यवस्थापन संयन्त्र लाई चुस्त दुरूस्त राख्नु पर्ने,कृषिलाई आधुनिकीकरण गर्दै जग्गाको चकलाबन्दी कार्यलाई राष्ट्रीय अभियानको रूपमा संचालन गर्नुपर्ने । बैंकिङ क्षेत्रमा देखिएका चुनौतिलाई सर्वपक्षीय प्रयासका लागि सरकारको ध्यान जान जरूरी रहेको,स्थानीय तहमा देखिएको भयावह बेरूजु र आर्थिक अनुशसनहिनतालाई सम्बोधन गर्ने र सो प्रतिवेदन माथी छलफल गरि निष्कर्षमा पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्नु पर्ने ।
त्यस्तै जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानलाई समेत नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने, आमाको नामबाट सन्तानले नागरिकता पाउने संबैधानिक व्यवस्था रहेको हुदाँ पनि नागरिकता प्राप्त गर्ने अवस्था न रहेकाले तत्काल समाधान गरियोस । कैलालीका प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई तत्काल रिहाई गर्न उक्त ज्ञापन पत्रमा माग गरिएको छ ।
जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदेयश त्रिपाठीको हस्ताक्षरित ज्ञापन पत्र आज प्रधानमंत्री लाई बुझाइएको छ ।
