Sidha Patra आइतबार, साउन ११, २०७७

दाङ। बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढाव स्थित करिब ३० घर पहिरोको उच्च जोखिममा परेका छन् । यस बर्षको बर्षातका कारण पहिरो जाँदा ढाव गाउँ नै पहिरोको उच्च जोखिममा परेको हो । केही दिन अघिको बर्षाले टोपबहादुर आलेको घर भत्कीएको छ भने गिरबहादुर आले, ज्ञानबहादुर आले, खड्गबहादुर आले, दानबहादुर आले, तुलबहादुर आलेको घर भत्किने अवस्थामा रहेका छन् ।त्यसैगरी रेसमान थापा,यमबहादुर थापा,तेजबहादुर थापा,मिनबहादुर थापा,टोमान सिङ थापा, मिन्द्रा आले,देवबहादुर आले,हिमबहादुर आले,बोमबहादुर अधिकारी र पुर्णबहादुर अधिकारीको घर माथिबाट पहिरो खस्ने अबस्थामा रहेका छन् ।अर्को तर्फ मानबहादुर आले,भानबहादुर आले,अम्बरबहादुर आले, नमबहादुर आले र टेकबहादुर थापाको घर पहिरोले बगाउने अबस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । बस्ती नै पहिरोको जोखिममा परे पछि उनिहरु अहिले खेतमा बनाईएको टाँडीमा बसेका छन्। कति बेला पहिरोले पुर्ने हो भन्ने अबस्था रहेको भन्दै आफुहरु ज्यान बचाउन खेतको टाँडीमा बसेको मानबहादुर आलले जानकारी दिनुभएको छ । यसै बिच अविरल बर्षाले बंगलाचुली ७ बिर्र्खेमा हेमराज पाटाको घर भत्कीएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]