
jmb
Asm
Gsbus
Rg-9
smb
Ssbus
Bpb
jms
Sys
Ppu
gms

Rys
bmj
Ln2
Ln1
Usb
Gg1
Gsb
Ssb
Asm
Ln8
Gg5
Dps
bml
Ln9
Hl1
cks
Ln7
Tsb
Ln3
kbs

Gg3
Jpb
Ksb
Rgu
Gg2
Rss
Sbs
Jab
Gg6
Gg4
Sab
Gjl
Nps
Bpb
ptl
Sml
Snk
दाङ । दाङमा मोटरसाईकलले अटो रिक्सालाई पछाडी बाट ठक्कर दिँदा ३ जना घाईते भएका छन्। लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकल ले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३जना घाईते भएका हुन्।
मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० बर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ बर्षिय छुकाम चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ । अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ। घाईते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ।दुर्घटना आइतबार दिउँसो १बजेतिर भएको प्रहरीले जनाएको छ।
