
Ksbus
Sdc
Ggp
Ggp
Asbus
Msbus
Rgp
Lnp
Ksbus

रुपन्देही।रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।आईतबार बिहान सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
बुटलदेखि पश्चिमतर्फ आउदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ निवासी ३६ वर्षिय खेमराज परियार गम्भीर घाईते भएका हुन् भने २५ वर्षका यमराज घर्तिमगर,३५ वर्षकि चनु घर्तिमगर पिकअपका चालक २३ वर्षका तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
