
Ksbus
Ksbus
Sdc
Asbus
Lnp
Rgp
Msbus
Ggp
Ggp

दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तरगत संचालित लमही आँखा अस्पताल र दातृ निकाय NABP Norway को आर्थिक सहयोगमा मिति २०७९ जेठ १२ गतेका दिन Lungri गाउँपालिका रोल्पामा २८ जना आमा समुहका सदस्यहरुलाइ १ दिने आधारभूत आखा स्वास्थ तालिम सम्पन्न गरिएकोछ ।
लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियोे । तालिमका सहभागीहरुले आफुले सिकेका ज्ञान, सिपलाइ गाउँघरमा गई आँखाका समस्या भएका बिरामीलाई आँखा अस्पतालमा आँखा चेकजाँचको लागि रिफर गरि अन्धोपना न्यूनीकरण गर्न मद्दतगर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै मिति २०७९ जेठ १३ गतेका दिन ऐरावति गाउँपालिका प्युठान अन्तरगतका २७ जना स्वास्थ्य चौकिका प्रमुख,स्वास्थ्य सम्योजक तथा स्वास्थ्य कर्मीहरुलाइ १ दिने आधारभुत आँखा स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको थियो ।
यस्तै सहभागीहरुले आफ्नो कार्यक्षेत्रमा गएर आँखाका बिरामीलाई सामान्य उपचार पस्चात आँखा अस्पतालमा रिफर गरि अन्धोपना न्यूनीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तालिमका प्रमुख अतिथि ऐरावति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले अन्धोपना न्यूनीकरण गर्न आफ्नो पालिकाबाट आँखा स्वास्थ्यको लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै मिति २०७९ जेठ १४ गतेका दिन बङलाचुलि गाउँपालिका दाङ अन्तरगतका २१ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको छ ।
उक्त तालिमको प्रमुख अतिथि बङ्लाचुलि गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले पनि आफ्नो पालिकाबाट आँखा स्वास्थ्यको लागि नियमित बजेट बिनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नु गरेका छन् ।
लमही आँखा अस्पतालका प्रमुख प्रशिक्षक दृष्टि विशेषज्ञ मदन चौधरीले सहभागीलाई आँखामा लाग्ने रोगको पहिचान कसरी गर्ने यसको निदान कसरी गर्ने बिश्व तथा नेपालमा आँखाको रोगको अवस्थाको बारेमा समेत जानकारी गराएका थिए भने कार्यक्रमको सहजीकरण टेक बहादुर चौधरीले गरेका थिए ।

