Sidha Patra आइतबार, जेठ १५, २०७९

दाङ । शनिवार दिउसो भएको भारी वर्षाको कारण घोराही बजारमा डुवान हुदा उद्योग तथा व्यवसायी पुगेको क्षतिको सङकलन गर्ने भएको छ ।

संघको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले वर्षाले उद्योग तथा व्यवसायीहरुको व्यवसायमा पुगेको क्षतिको विवरण सङकलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथाकीले जानकारी दिए । उद्योगी तथा व्यवसायीहरुको वर्षाले पुर्‍याएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको अध्यक्ष वुढाथोकीले बताए ।

क्षतिको विवरण सङकलनका लागि संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको संयोजत्वमा सदस्यहरु विकास वली, जगतप्रसाद आचार्य,जुद्धवहादुर घर्ति र लिलाराम खड्का सदस्य रहेको समिती गठन गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । क्षतिको विवरण सङकलन गरेर थप प्रक्रिया अगाडि वढाइने भएको छ ।

बैठकले दिर्घकालिन ढल निकासका लागि जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका कार्यालय, र घोराही उप महानगर पालिका वडा नं १४ र १५ का वडा कार्यालयहरु संग समन्वय गरेर समस्या समाधानको लागि यथासिघ्र पहल गर्ने निर्णय गरेको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको हो ।

शनिवार दिउसो घोराही वजार क्षेत्रमा भएको भारी वर्षाको कारण नालाको निकास हुदा घर तथा व्यवसायमा बस्दा धेरैको क्षति भएको छ । सडक भरी पानी जम्मा हुदा आवागमन समेत रोकिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]