
sbs
Sgr
Srbpu
Pes
Ggp
Gfs
cjs
Djs
Rgp1
Unsku
Pbu
Lnp
Rgp
pku

Rgs
Bbu
Rgu
Bbbpu
Sls
Sbs
Asm
nsb
Wsp
Pvg
Ksm
Rgu
Ssm
Tsm
Vor
Gst
Rsb
Hal
Ggd

Rpp
Jmb
Pls
Mks
Abd
Jmb
Ptm
Gsb
Bml
Rmb
bbt
Syp
sab
दाङ । दाङमा गणतन्त्र दिवसको अवसरमा आज ३१ जना कैदीको कैद मिनाह हुने भएको छ । घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको कैद मिनाह हुने भएको छ ।
घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनिहरुमध्ये कर्तव्य ज्यानका ५ जना, डाका चोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना रहेका छन् ।
घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् । घोराही कारागारमा अहिले ३ सय ९ जना कैदी रहेको जेलर बासुदेव खनालले जानकारी दिनुभयो । कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने उहाँले बताउनुभयो । गतवर्ष आजको दिन घोराही कारागारबाट ७ जनालाई छोडिएको थियो ।
तुलसीपुरमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्ता गरेका ८ जना रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ महिला र १३ जना पुरुष रहेका छन् ।
कर्तव्य ज्यानका एक महिला,कर्तव्य ज्यानका ३ पुरुष, गौ बधका ३ जना पुरुष, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका २ जना पुरुष, चोरी र डाँका चोरीका १÷१ जना पुरुष रहेको कारागार कार्यालय तुलसीपुरका जेलर अमर वलीले जानकारी दिनुभयो ।
यस्तै ४० प्रतिशत कैद भुक्तान गरेकामध्ये डाका चोरी र ज्यान मार्ने उद्योगका २÷२ जना र कर्तव्य ज्यानका ४ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले दुई जना आश्रित बालबालिका र ४० महिलासहित ५ सय ५० जना कैदीबन्दी रहेको जेलर वलीले बताउनुभयो ।
