
Lnp
Ggp
Sdc
Ksbus
Msbus
Ksbus
Ggp
Asbus
Rgp

दाङ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा शुक्रबार घोराहीमा रक्तदान गरिएको छ ।
प्रेस युनियन दाङ शखाको आयोजना तथा रक्तसञ्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका हुन।
कार्यक्रममा जुनकुमारी बुढा,खुमा खड्का,लिलाधर वली,दीपक वली,समीर वली,अम्बिका वली, राजकुमार कान्छा,अमरराज आचार्य,विवेक खड्का,हेमराज परिवर्तन,हिमाल महरा,जंगबहादुर रेउले,निर्मल थापा,रोशन महरा,घनश्याम गिरी, बिनोद नेपाली,सुनिता गिरीगायतले रक्तदान गरेको प्रेस युनियन दाङ शाखा सचिव आर.के. शीतलले जानकारी दिएका छन् ।
प्रेस युनियन दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा प्रेस युनियन दाङका सल्लाहकार एवं पुर्व केन्द्रीय सदस्यीय सुदीप गौतम, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम,नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको थियोे ।
