
Gms
Ksbus
Gsbus
Gis
ebg
Gis
Pbu
Gsl
Ksbus
Bsbus
Ses
Gsbus
Nssbush
Ssbus
Ssbus
Gss
bpmhl
Ksbus
Lsbus
Ksbus

Wsp
Sls
Gst
Hal
Pvg
Bbbpu
Rgs
Asm
Tsm
Bbu
Sbs
Ksm
Rsb
Rgu
Vor
Ggd
Ssm
nsb
Rgu

Abd
Ptm
sab
Mks
Jmb
Gsb
Syp
Bml
Rpp
bbt
Pls
Jmb
Rmb
धनगढी । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगितामा दाङको देउखुरी वारियर्स क्रिकेट क्लबले सानदार जित निकालेको छ ।
बिहीबार भएको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै देउखुरी वारियर्सले जित निकालेको हो ।
टस जितेर ब्याटिङ थालेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल तयार गय्रो । धनगढीका लागि अरुण ऐरीले ३२, खगेन्द्र जोशीले २३ र भोजराज भट्टले २१ रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । बलिङ तर्फ देउखुरी वारियर्सका प्रतिश जिसीले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको देउखुरी वारियर्सले ११.५ ओभरमा १ विकेट मात्र गुमाएर लक्ष्य भेट्टायो । उसका सुरुवाती ब्याट्सम्यान प्रज्वल थापा र विराट भण्डारीले ८७ रनको उत्कृष्ट साझेदारी गरे । देउखुरी वारियर्सलाई जित दिलाउन प्रज्वल थापाले ७ चौका र ६ छक्काको मद्दतमा ७७ रनको अविजित योगदान दिए । १० औँ ओभरमा विराट भण्डारी २४ रन बनाएर बोल्ड आउट हुन पुगेपनि धनगढीका लागि देउखुरी वारियर्स भारी पय्रो । खेलमा उत्कृष्ट रन जोडेका प्रज्वल थापा प्लेयर अफ दी म्याच घोषित भएका छन ।
यो जित सँगै देउखुरी वारियर्सले २ खेल जित्दै उपाधीको सम्भावना बलियो बनाउदै गईरहेको छ । लिग चरणको अन्तिम खेलका लागि दाङको देउखुरी वारियर्स शुक्रबार महेन्द्रनगर क्रिकेट एकेडेमी सँग भिड्ने छ । उक्त खेलमा बिजयी बन्ने टिम सोझै फाईनल प्रबेश गर्नेछ र उपाधीका लागी लिटल फ्लावर स्पोर्ट्स धनगढी सँग प्रतिस्पर्धा गर्नेछ । लिटल फ्लावर यस अघि नै ५ मध्य ३ खेलमा जित निकाल्दै ७ अङकसहित फाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार,उत्कृष्ट बलर,ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरूले प्रतिष्प्रधा गरेका छन । बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब कैलाली र कैलाली जिल्ला क्रिकेट क्लबको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।
