
Ssbus
Gsbus
Gsbus
Ses
Nssbush
Ksbus
Lsbus
Gsl
Gss
Gis
Ksbus
Rsbus
Ksbus
Bsbus
Pbu
Ssbus
Ksbus
Gis
bpmhl
ebg

Ggd
Tsm
Hal
Bbbpu
Rsb
Sls
Bbu
Rgu
Vor
Ssm
Asm
Rgs
Sbs
Wsp
Gst
Pvg
Rgu
nsb
Ksm

bbt
Syp
Pls
Gsb
Abd
Jmb
Rmb
Mks
sab
Ptm
Bml
Rpp
Jmb
धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लबले विजयी सुरुवात गरेको छ । बझाङको बुङगल क्रीकेट क्लबलाई १८ रनले पराजित गर्दै देउखुरीले पहिलो खेलमै जित निकालेको हो । मौसमको खराबीका कारण १२ ओभरमा छोटाइएको खेलमा देउखुरी विजयी भएको हो ।
धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देउखुरीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको बुङगलले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । उसका लोकेन्द्र चन्दले ३५ र प्रकाश पाण्डेयले ३४ रन बनाए । बलिङ तर्फ देउखुरीका दिनेश अधिकारीले ३ र नारायण जोशीले २ विकेट लिए ।
त्यस अघि देउखुरीका लागि प्रज्वल थापाले ३४, सुमित श्रेष्ठले अविजित २३, नारायण जोशीले २३ र विराट भण्डारीले २१ रन बनाए । बलिङ तर्फ बुङगलका मिलन बोहरा र अशोक धामीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिनेश चुनिए ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीको आयोजनामा प्रतियोगिता जेठ १४ गतेसम्म सञ्चालन हुने अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विद्यालय स्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगसमेत आयोजना गर्दै आएको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले यहाँको खेल क्षेत्रलाई थप चलायमान बनाउनुपर्छ भनेर राष्ट्रिय स्तरका खेलाडी समावेश हुने प्रतियोगिता सुरुवात गरेको शाहीको भनाई छ । प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहको धनगढी सुपर लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।
प्रतियोगिताका प्रायोजकहरूमा सपोर्टेड वाइ लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी कैलाली, हस्पिटालिटी पार्टनर होटेल डिभोटी धनगढी कैलाली, मोबाइल पार्टनर भीभो मोबाइल, पब्लिकेशन पार्टनर ओसन पब्लिकेशन प्रा.लि. काठमाण्डौं, हायर एजुकेसन पार्टनर द टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजार काठमाण्डौं, डेब्लभमेन्ट पार्टनर वर्ल्ड भिजन इन्टरनेस्नल (नेपाली जुटौँ बाल विवाह रोकौँ) र बाल कल्याण सङ्घ कैलाली, डिजिटल लर्निङ पार्टनर निमा एकेडेमी काठमाण्डौं, हस्पिटल पार्टनर नवजीवन अस्पताल धनगढी कैलाली, अब्रोड स्टडी पार्टनर एक्सपर्ट एजुकेसन भिजा सर्भिसेज धनगढी कैलाली, स्टेशनरी पार्टनर दहाल पुस्तक पसल, इन्टरनेट पार्टनर भायानेट धनगढी कैलाली, स्कुल युनिफर्म पार्टनर चौलानी स्कुल युनिफर्म धनगढी कैलाली, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, वेभरेज पार्टनर ३६५ डेज भोड्का र सह प्रायोजक चैतन्य पाठशाला धनगढी कैलाली रहेको छ ।खप्तड
