
Rks
Bsn
Gsb
Ppu
Ksb
Tgp
Ksb
Rsb
Ksb
jsb
Ssb
Ssb
Usb
Nsb
Csb

Tsb
Gsb
Usb
Ssb
Hl1

ptl
Nps
Rgu
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकामा बढेको करलाई घटाएर त्यसको दायरालाई बढाउने बताएका छन् ।
राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले मंगलबार सिसहनियाँमा आयोजना गरेको स्वागत, बधाई तथा बिदाई कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । अध्यक्ष विष्टले अघिल्लो स्थानीय सरकारले व्यापारीहरूको ढाड सेक्ने गरि कर वृद्धि गरेको र त्यसको मार साना व्यापारीलाई परेको भन्दै व्यापारीहरूको गुनासोलाई सम्बोधन गर्न आफुले व्यापारीक करलाई घटाएर करको दायरा बढाउन लागेको बताए ।
त्यस्तै अध्यक्ष विष्टले सिसहनियाँ, पिपरी र पत्थरगढवाको फोहोर व्यवस्थापनका लागि वडा नम्बर ५ का अध्यक्ष देवप्रसाद चाैधरी, ६ का अध्यक्ष दिपककुमार चाैधरी र ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङलाई ठाउँ छनाैट गर्न निर्देशन दिएका छन् । यस्तै उनले राप्तीको आर्थिक विकासका लागि चेम्बर अफ कमर्स र उद्योग वाणिज्य सँग समन्वयकारी भुमिका निर्वाह गर्ने बताएका छन् ।
चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नवनिर्वाचित उपाध्यक्ष कमलापती चाैधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव प्रकाश आचार्य, प्रगति नगर शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शान्तराज शर्मा, देउखुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, जग्गादाता बसन्तकुमार रावत, समाजसेवी ओमनाथ बञ्जाडे लगायतका वक्ताहरूले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बिदाई भएर गएका जनप्रतिनिधि हरूलाई चेम्बरका अध्यक्ष कुमार अधिकारी,प्रथम उपाध्यक्ष नेमलाल बेल्वासे( मनु), दोस्रो उपाध्यक्ष श्यामा रावत, महासचिव शेषकान्त आचार्य लगायतका पदाधिकारीहरूले फूलमाला र टीका लगाएर मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियोे भने नवनिर्वाचित जनप्रतिनिधिहरूलाई फूलमाला र टीका लगाएर स्वागत गरिएको थियोे । चेम्बरकी दोस्रो उपाध्यक्ष श्यामा रावतको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
