
Pbu
cjs
Srbpu
Gfs
Lnp
sbs
Rgp
Sgr
pku
Ggp
Djs
Rgp1
Pes
Unsku

Bbbpu
Bbu
Pvg
Tsm
Asm
Hal
Sbs
Rsb
Vor
Sls
Rgs
Ssm
Ggd
Rgu
Ksm
Wsp
nsb
Gst
Rgu

Pls
Bml
Jmb
Jmb
sab
Gsb
Abd
Rpp
Syp
Ptm
bbt
Rmb
Mks
दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रवार घोराहीमा मुख्य निर्वाचन अधिकृत एवं दाङ जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापा सँग पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै उनले आजै उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।
सफथ ग्रहण सँगै अध्यक्ष विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले शुक्रबार नै पदभार ग्रहण समेत गरेका छन् । भने ९ वटै वडाका वडा अध्यक्षहरूले पनि आफ्नो कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
नवनिर्वाचित उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराउँदै अध्यक्ष विष्टले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न आग्रह गरेका छन् । उनले सेवा दिदा सेवाग्राहीलाई सम्मान गर्दै छिटो र छरितो तरिकाले मुस्कान सहितको सेवा दिन पनि निर्देशन दिएका छन् । निर्वाचित जनप्रतिनिधिहरु बिहीबार प्रमाणपत्र वितरण गरिएको थियो ।
त्यसैगरी नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरि ४७ जना जनप्रतिनिधिहरूलाई प्रतिनिधि सभा सदस्य गंगा चाैधरी, निर्वतमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले टीका लगाएर दोसल्ला र फूलमाला सहित स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत शोभाराम रिजालले गरेका थिए ।देउखुरीटुडे
