Sidha Patra शुक्रबार, जेठ ०६, २०७९

दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथग्रहण तथा पदभार ग्रहण गरेका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रवार घोराहीमा मुख्य निर्वाचन अधिकृत एवं दाङ जिल्ला अदालतका न्यायाधिश रितेन्द्र थापा सँग पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै उनले आजै उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराएका छन् ।

सफथ ग्रहण सँगै अध्यक्ष विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले शुक्रबार नै पदभार ग्रहण समेत गरेका छन् । भने ९ वटै वडाका वडा अध्यक्षहरूले पनि आफ्नो कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यहरूलाई सपथ ग्रहण गराउँदै अध्यक्ष विष्टले जनताको भावना र चाहनालाई बुझेर जनताको सेवामा लाग्न आग्रह गरेका छन् । उनले सेवा दिदा सेवाग्राहीलाई सम्मान गर्दै छिटो र छरितो तरिकाले मुस्कान सहितको सेवा दिन पनि निर्देशन दिएका छन् । निर्वाचित जनप्रतिनिधिहरु बिहीबार प्रमाणपत्र वितरण गरिएको थियो ।

त्यसैगरी नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरि ४७ जना जनप्रतिनिधिहरूलाई प्रतिनिधि सभा सदस्य गंगा चाैधरी, निर्वतमान गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले टीका लगाएर दोसल्ला र फूलमाला सहित स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत शोभाराम रिजालले गरेका थिए ।देउखुरीटुडे

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]