
Gesld
Snmbs
Snmbs
dpm
Ges
Sdc
Dpm
rgs
Mbf
Amb
snmbs
Dbc
Pbu


दाङ।देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित पुर्बपश्चिम महेन्द्र राजमार्गमा स्थानीयले सडकको बिचमै केराको बोट रोपेका छन् ।पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेपछि गाउँभरिका स्थानीय भेला भएर बिरोध जनाउदै केरा रोपेको उनिहरुको भनाई रहेको छ । सडक बिग्रेको लामो समय सम्म मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप बिच सडकमै स्थानीयले दुई वटा केराको बोट रोपि दिएका हुन् ।
लमही देखि पुर्ब तिरको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिच सडकमा भैंसी आहाल बस्ने जस्ता ठुला ठुला खाडल बनेका छन् । सडकमा परेका खाडलका कारण कैयौंपटक सवारी साधन दुर्घटनामा पर्ने गरेका छन भने कति मानिसले त ज्यान समेत गुमाई सकेका छन् ।
