Sidha Patra आइतबार, जेठ ०१, २०७९

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका बाहेक ९ वटा स्थानीय तहमा मतगणना जारी छ । अस्ति रातिबाट शुरु भएको मतगणना मध्ये १८ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका,लमही नगरपालिका सहित राप्ती,गढवा, राजपुर,दंगीशरण,शान्तिनगर, बंगलाचुली र बबई गाउँपालिकामा मतगणना जारी रहेको हो ।

जिल्लाको राजपुर गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । सो पालिकामा एमालेबाट अध्यक्षमा ११६०, नेकपा माओवादी केन्द्रबाट ९८४, नेपाली कांग्रेसबाट ६५९ मत पाउनुभएको छ ।उपाध्यक्षमा एमालेबाट ११५३, माओवादी केन्द्रबाट ९९३, नेपाली कांग्रेसबाट ६७५ मत पाउनुभएको छ ।

यस्तै, राप्ती गाउँपालिकामा अहिले माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । अध्यक्ष पदमा माओवादी र उापध्यक्ष पदमा एमालेका उम्मेदवारले अग्रता कायम बनाएका छन् । राप्तीमा माओवादी केन्द्रबाट अध्यक्ष पदबाट १९८८, नेकपा एमालेबाट १४५५, नेपाली कांग्रेसबाट १०९८ मत पाउनुभएको छ । उपाध्यमा एमालेबाट १५८५, नेपाली कांग्रेसबाट १४१७ र राष्ट्रिय जनमोर्चाबाट १२७२ मत पाउनुभएको छ ।

त्यस्तै उता, शान्तिनगर गाउँपालिकामा पनि निर्वाचनको मत परिणाम रोचक बनेको छ । वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी हासिल गर्नुभएको छ । नेपाली कांग्रेसको पकड क्षेत्र रहेको शान्तिनगरमा नेकपा माओवादीले अग्रता कायम राखेको छ । माओवादीबाट अध्यक्ष पदका उम्मेदवारले १०७६ मत पाउँदा नेपाली कांग्रेसले १००१ र नेकपा एमालेले ८३३ मत पाउँदै पछ्याई रहेको छ । उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसले १०६१ मत पाउँदा माओवादी केन्द्रले १०५४ मत पाएको छ भने

यसैबिच,पश्चिम दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । सो पालिकामा नेपाली कांग्रेसबाट २४ सय, एमालेबाट १५८२, माओवादी केन्द्रबाट ७६३ मत पाउनुभएको छ । यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसबाट २२२९, एमालेबाट १५८७ र माओवादी केन्द्रबाट ८२४ मत पाउनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]