
ebg
Ksbus
Rsbus
Pbu
Ksbus
Lsbus
Gis
Gsbus
Gss
Bsbus
Ssbus
Gsbus
Gis
Ksbus
Gsbus
Ssbus
Nssbush
Gms
bpmhl
Lsbus

Rgu
Ksm
Bbbpu
Asm
Hal
Gst
Rgu
Rsb
Pvg
nsb
Sls
Wsp
Ssm
Tsm
Vor
Rgs
Ggd
Sbs
Bbu

Abd
Gsb
bbt
Mks
Jmb
Rmb
Rpp
Ptm
Bml
Jmb
sab
Pls
Syp
काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए ।
‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको १६औँ धर्मश्रीअन्तर्गत प्रथम पुरुष तथा महिला फिजिक्समा भएको निर्णय प्रति असन्तुष्ट भई केही व्यक्तिहरुमार्फत विभिन्न सञ्चार माध्यममा गरिएको समाचारप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण भएको छ ’,विज्ञप्तिमा भनिएको छ । यसअघि प्रतियोगिता समापनको भोलिपल्ट सहभागी खेलाडीले पत्रकार सम्मेलन गर्दै आयोजकले आफ्ना खेलाडीलाई जिताउन धाँधली गरेको र खेलाडीप्रति अपहेलित व्यवहार गरेको आरोप लगाएका थिए ।
त्यस्तै पत्रकार सम्मेलनमा सागर बिक, गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राईलगायतको सहभागिता थियो ।प्रतियोगितामा झापाका उमेश राईले १६औँ धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेसका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरेका हुन् । यस्तै, धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए ।
