Sidha Patra बुधबार, बैशाख २८, २०७९

दाङ । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमकाे १६ औं वार्षिकाेत्सवका अवसरमा रक्तदान गरिएको छ ।

आज बिहान भएको रक्तदान कार्यक्रममा २७ जना रक्तदाताहरुले रक्तदान गर्नुभएकाे रेडियो सञ्चालक समिति अध्यक्ष मधुसुदन वैद्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार रक्तदान कार्यक्रममा रेडियाका तर्फबाट अध्यक्ष मधुसुदन वैद्य, उपाध्यक्ष सुदर्शन रिजाल, सदस्य एकनारायण पाैडेल, शरद अधिकारी, टिकाराम पन्थले रक्तदान गर्नुभयो ।

यस्तै,रेडियाे कर्मचारी तर्फ छवि पुरी,कमल वली, बाबुराम पाण्डे,चन्द्रप्रकाश नेपाली,शालिकराम चाैधरी,सुनिल परियार, अस्मिता परियारले रक्तदान गर्नुभयो । कार्यक्रममा देवराज रिजाल,आशिष खड्का,कविता डिसी,महेश खनाल, हुकुमा डिसी, माेहन पाण्डेय,सुशील अधिकारी, मुक्तिप्रसाद न्याैपाने, निरज गिरी,पूर्ण कार्की,हेमन्त चाैधरी, आकाश परियार,शैलेश अधिकारी,सुरेश कुमार पट्वा क्षेत्री र सुरज बन्जाडेले पनि रक्तदान गर्नुभएकाे अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

त्यस्तै रक्त सञ्चार सेवा केन्द्र घाेराहीकाे प्राविधिक सहयाेगमा भएको रक्तदान गरिएको हाे । केन्द्रका तर्फबाट ईच्छा बुढामगर, मनिषा चन्द र दिलिप चाैधरीले प्राविधिक सहयाेग गर्नुभएको थियाे। रक्तदान जीवन दान भन्ने मुल मर्मलाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व स्वरुप रेडियोले साे कार्यक्रम आयाेजना गरेकाे हाे ।

रेडियो स्थापना कालबाटै आवाजहीनकाे आवाज बनेर सञ्चारकाे क्षेत्रमा सशक्त भुमिका खेल्दै आएकाे रेडियोले सामाजिक क्षेत्रमा पनि आफुलाई सरिक गराउने काम गर्दै आएकाे उहाँको भनाई छ । आगामी जेठ १ गते रेडियो मध्यपश्चिमकाे स्थापना दिवस परेकाे छ । उक्त दिन भव्य समारोहका बीच औपचारिक कार्यक्रम गरिने भएको रेडियोका स्टेसन म्यानेजर विष्णु अधिकारीले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]