
Gipsg
Pbu
Gst
Unsku
Gipsg
Gmssl
Sebsg
Gsg
gst

Sbs
Rgu
Wsp
Tsm
Bbbpu
Pvg
Sls
Ksm
Vor
Ssm
Rgs
Hal
Ggd
Bbu
Rgu
Rsb
Asm
nsb
Gst

Syp
Gsb
Mks
Bml
Abd
Jmb
Jmb
sab
Rmb
Pls
bbt
Rpp
Ptm
दाङ । जनताको सेवक भएर गाउँटोलहरुको मुहार फेर्ने सङ्कल्पका साथ दाङ जिल्लाको भारतसँग सिमाना जोडिएकाे गढवा गाउँपालिका वडा नम्बर ६ गढवाका ४२ वर्षीय गणेश कुमाल चौधरी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
राजनीति पेशा नभई सेवा भएको बताउँदै उनी भन्छन् – गाउँमा अझैं पनि समग्रमा बाटोघाटो छैन, एम्बुलेन्ससम्म छिर्ने अवस्था छैन, विद्यालयहरुको शैक्षिक अवस्था अत्यन्त जर्जर छ, महिलाहरु अझैं अगाडि आउन सकेको छैनन्, स्वास्थ्य संस्थाहरुको सेवा प्रभावहिन छ, सिंचाई, बालबालिका, युवा, ज्येष्ठ नागरिकको अवस्था पनि त्यस्तै छ, चौतर्फी समस्यै समस्याको चाङ्ग छ । भ्रष्टाचार, व्यथिती र बढ्दो महंगी त्यतिकै छ। गाँउ समाजमा जुन जोगी आए नि कानै चिरेको भन्ने जस्तो अवस्था रहेको देखिन्छ। यसकारण यस्ताे फोहोरी राजनीति देख्न नसक्दा आफनो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुहन्छ।
राष्ट्रघात, जनघात र भ्रष्टाचार विरुद्ध सशक्त प्रतिवाद, समानुपातिक समावेशी विकास र समृद्धिका लागि मेरो उम्मेदवारी हो । गढवाको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको अभियानलाई तीव्र बनाउन हामी लागिपरेका छौं । स्थानीय सरकारको तर्फबाट जनतासंगै जोडिएर अधिकतम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । हामी र हाम्रो सिंगो प्यानललाई मतदान गर्न अपिल गर्दछ । जनताको जीवन र अवस्था कहिल्यै नबन्ने तर आफू मोटाइरहने, भ्रष्टहरु संरक्षण गर्ने संसदीय व्यवस्थालाई अस्वीकार गर्ने, जनताको जीवन र अवस्था बदल्ने वैज्ञानिक समाजवाद पक्षपोषण गर्न मेरो उम्मेदवारी हो । शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व राज्यले लिन भरोसायोग्य बातावरण निर्माण गर्ने योजना छ ।
एमसीसी जस्ता राष्ट्रघाती सम्झौता अनुमोदन गर्ने, राष्ट्रघातीहरुलाई अस्वीकार गर्न र देशको स्वाधीनता, राष्ट्रियताको पक्षमा ऐक्यबद्धता जाहेर गर्न चाहन्छौ। भ्रष्टाचारीलाई दण्डित गर्न, भ्रष्टाचारमुक्त पालिका बनाउन र सुशासन कायम गर्न मेरो उम्मेदवारी हो पैसा, मसल र शक्तिको आडमा भइरहेको चुनावी रवाफलाई अस्वीकार गर्न चाहन्छौं । स्वास्थ्य उपचार गर्दा दश वर्षमुनि र ६० वर्ष माथिकालाई नि:शुल्क उपचार र साना उद्योगलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्न, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी र लघु उद्योगमा विशेष लगानी गर्न र सडकको स्तरबृद्धि गर्नेछौ।
समावेशी समानुपातिक विकासलाई जोड गर्दै पर्यावरणीय संरक्षण गर्ने योजना छ स्थानीय सरकारलाई दलीय र पदीय खिचातानी, भागबण्डा, गालीगलौजवाट मुक्त गर्न विपन्न गरिव र योग्य मानिसलाई अवसर प्रदान गर्न अपिल गर्दछौं गढवा गाउपालिका वडा नं. १ औद्योगिक क्षेत्र, वडा नं. २, ३, ४, ५ र ७ लाई आधुनिक कृषि विकास गर्न, वडा नं. ६ लाई शहरी क्षेत्र वडा नं ८ लाई पर्यटकीय क्षेत्रको विकास गर्नेछौ ।
पालिकाको बजेटले नै धेरै कामहरु गर्न सकिने अवस्था रहेको चर्चा गर्दै उनले ठूला योजनाका लागि बजेट खोजी गरी आफुहरु अगाडि बढ्ने सङ्कल्प लिएको तर अहिले बल जनताकै हातमा रहेको बताउनुहन्छ। आफुहरु मत माग्न जाँदा सर्वसाधारण जनताले विगतका जनप्रतिनिधिहरुले सेवा भन्दा आफै सुविधामुखि भएको भनी गुनासो गर्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन् ‘जनताले हाम्रा भन्दा पनि राम्रा र शासक होइन, सेवक भएर काम गर्ने जनप्रतिनिधि चुन्नेमा हामी आशावादी छौं, सेवा गर्ने मौका पायौं भने हामीले जनताले अनुभूति हुने गरी परिणाममुखि काम गरेर देखाउँछौं ।’
कुमाल चौधरीकाे प्यानलमा ४ जना वडा अध्यक्ष समेत स्वतन्त्र उम्मेदवार रहेका छन् । वडा अध्यक्षका उम्मेदवारहरूमा गढवा गाउँपालिका वडा नं. १ बाट यज्ञ बहादुर कुमल, वडा नंं. ४ बाट मञ्जु घर्ती, वडा नं. ६ बाट सबिना खातुन र वडा नं. ७ बाट मन बहादुर वली रहेका छन् ।
अपमान होईन,उद्देश्य नमिल्दा अन्य दलबाट प्रस्ताव आउँदा पनि स्वतन्त्र उम्मेदवार बनेको गणेश कुमाल चौधरीले बताए । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट गढवा गाँउपालिकाको अध्यक्ष पदको उम्मेद्वारी दिएका हुन् ।
