
Sebsg
Gipsg
gst
Gipsg
Gmssl
Pbu
Unsku
Gsg
Gst

Rgu
Ggd
Wsp
Bbu
Rgs
Vor
Ksm
Pvg
Bbbpu
Rsb
Rgu
Tsm
nsb
Asm
Gst
Hal
Sls
Sbs
Ssm

sab
Abd
bbt
Bml
Rmb
Ptm
Rpp
Syp
Gsb
Pls
Mks
Jmb
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको आधारभुत विद्यालय खौसापुर दाङमा झुपलाल कँवर स्मृति शैक्षिक अक्षयकोष स्थापना गरिएको छ ।
वडा नम्बर १४ ड्वाङपुर निवासी स्वर्गिय कँवरका श्रीमति स्वानी कँवर, छोरा पूर्ण बहादुर कँवर, छोरी गोमा कँवर, ज्वाई गोपाल पौडे्ल र नाती एरिक पौडे्लले उक्त विद्यालयमा २० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।
उक्त विद्यालयमा अध्यापन गराउँदै आउनुभएका कँवरको गतवर्ष कोरोना संक्रमणका कारण निधन भएको थियो । श्रीमति र छोराको तर्फबाट १० हजार र छोरी, ज्वाई र नातीको तर्फबाट १० हजारको अक्षयकोष स्थापना गरिएको छोरी गोमा कँवरले जानकारी दिनुभएको छ ।
अक्षयकोषको वार्षिक व्याज रकम कक्षा आठको वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गरिने उहाँको भनाई छ । रकम पछि थप गरिदै जाने जनाइएको छ । उक्त अक्षयकोष श्रीमति स्वानी कँवरको संरक्षकमा रहने भएको छ ।
