हेमराज शर्मा शनिबार, बैशाख २४, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियामा सिकलसेल एनिमियाको नि:शुल्क परीक्षण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त परीक्षण गरिएको हो ।

ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रम दुई दिनसम्म संचालन गरिएको थियो । कार्यक्रममा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

त्यस्तै रगत परीक्षण कार्यक्रममा राप्ति गाउँपालिका को वडा नं. ५, ६, ७ र ८का ५ सय २५ जनाको स्क्रिनिङ गर्दा ४६ जनामा सिकलसेल एनिमिया देखिएको सिसहनिया स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट रमेश चौधरीले जानकारी दिए । स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकालाई थप परीक्षणका लागि समन्वय गरिने र त्यसपछि मात्र रोग वा ट्रेट पत्ता लाग्ने र अँझ थप सचेतनाका कार्यक्रमहरू संचालन गरिने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए । राप्ति गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले थारु समुदायको बाहुल्यता रहेको यस पालिकामा यस सम्बन्धी कार्यक्रमहरुको आवश्यकता रहेको बताउदै आगामी दिनहरुमा समन्वयका साथ कार्यक्रमहरू संचालन गरिने बताए ।

ल्याब सामाग्री सहयोग

यसैबीच सीपी नेपालले सिसहनिया स्वास्थ्य चौकीलाई सिकलसेल जाचँका लागि रु. १ लाख बराबरका ल्याबका सामाग्रीहरू पनि सहयोग गरेको छ । राप्ति गाउँपालिका स्वास्थ्य शाखा संयोजक रावतलाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको थियो । सीपी नेपालले २०१५ देखि सिकलसेल सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ भने यस अघि गढवा र राजपुर गाउँपालिकाका स्वास्थ्य चौकिमा सिकलसेलको रगत परीक्षणका लागि ल्याबमा विभिन्न उपकरण पनि सहयोग गरिएको थियो ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुमगन

ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थी र सीपी नेपालका निर्देशक सापकोटाले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिको अनुगमनका साथै प्रमुख रमेश कडेँलसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दाङ जिल्लामा सिकलसेलको अवस्था र बिरामीहरुले भोगिरहेको समस्याका बारेमा छलफल भएको थियो । भेटवार्तामा प्रतिष्ठान प्रमुख कडेँलले हेमोग्लोबिन इलेक्ट्रोफोरसेसका लागि बिरामीहरुले निजी ल्याबहरुमा महङ्गो शुल्क तिर्न बाध्य रहेको बताउदै यस रोगको बारेमा जनचेतना जगाउदै सोको लागि सबै क्षेत्रले पहल गर्नु पर्ने बताएका थिए ।

स्वयंसेबिकालाई सचेतना कार्यक्रम

सीपी नेपालको आयोजना र सिसहनिया स्वास्थ्य चौकिको समन्वयमा राप्ति गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेबिकाका लागि सिकलसेल एनिमिया सम्बन्धी एकदिने सचेतना कार्यक्रम संचालन गरिएको छ । सिसहनिया स्वास्थ्य चौकिका प्रमुख धनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ति गाउँपालिकाका विभिन्न वडामा रहेका ३० जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुले सहभागिता जनाएका थिए । यो विषय आफूहरुका लागि नयाँ भएको बताउदै यो कार्यक्रमपश्चात आफू कार्यक्षेत्र गाउँमा यस विषयमा आफूहरुले सचेतना फैलाउने स्वयंसेबिकाहरुले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सिपी नेपालका सरिता चौधरी, हेमराज शर्मा र ल्याब असिस्टेन्ट रमेश चौधरीले सिकलसेल एनिमियाका बारेमा जानकारी गराएका थिए ।

सडक नाटक

सीपी नेपालको आयोजनामा राप्ति गाउँपालिका–६, मझेरीयामा सिकलसेल सम्बन्धी चेतना फैलाउने उदेश्यले सडक नाटक प्रर्दशन गरिएको छ । अँझै पनि धेरै समुदाय यस सम्बन्धी अनबिज्ञ रहेको र सो बारेमा सचेतना फैलाउनका लागि स्थानीय भाषाको प्रयोग गरेर नाटक प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।

किशोरी शिक्षा कक्षा

यसै बीच ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सीपी नेपालद्धारा संचालित किशोरी कक्षाको पनि अनुगमन गरिएको छ । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीले किशोरीहरुलाई किशोरी शिक्षाका बारेमा प्रशिक्षण समेत दिएका थिए । अहिले ९० जना किशोरीहरुले यस सम्बन्धी प्रशिक्षण लिइरहेको सहजकर्ता सिता कुमालले जानकारी दिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]