
Djs
Srbpu
Rgp
Rgp1
Unsku
Gfs
pku
sbs
Lnp
Pes
Pbu
Sgr
Ggp
cjs

nsb
Asm
Rgs
Hal
Sbs
Vor
Gst
Bbu
Bbbpu
Ksm
Ssm
Tsm
Rsb
Wsp
Ggd
Rgu
Pvg
Rgu
Sls

Pls
bbt
Ptm
sab
Gsb
Bml
Rmb
Jmb
Syp
Jmb
Abd
Rpp
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ सिसहनियामा सिकलसेल एनिमियाको नि:शुल्क परीक्षण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र राप्ति गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा उक्त परीक्षण गरिएको हो ।
ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा संचालन भएको कार्यक्रम दुई दिनसम्म संचालन गरिएको थियो । कार्यक्रममा ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।
त्यस्तै रगत परीक्षण कार्यक्रममा राप्ति गाउँपालिका को वडा नं. ५, ६, ७ र ८का ५ सय २५ जनाको स्क्रिनिङ गर्दा ४६ जनामा सिकलसेल एनिमिया देखिएको सिसहनिया स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट रमेश चौधरीले जानकारी दिए । स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकालाई थप परीक्षणका लागि समन्वय गरिने र त्यसपछि मात्र रोग वा ट्रेट पत्ता लाग्ने र अँझ थप सचेतनाका कार्यक्रमहरू संचालन गरिने सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए । राप्ति गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण रावतले थारु समुदायको बाहुल्यता रहेको यस पालिकामा यस सम्बन्धी कार्यक्रमहरुको आवश्यकता रहेको बताउदै आगामी दिनहरुमा समन्वयका साथ कार्यक्रमहरू संचालन गरिने बताए ।
ल्याब सामाग्री सहयोग
यसैबीच सीपी नेपालले सिसहनिया स्वास्थ्य चौकीलाई सिकलसेल जाचँका लागि रु. १ लाख बराबरका ल्याबका सामाग्रीहरू पनि सहयोग गरेको छ । राप्ति गाउँपालिका स्वास्थ्य शाखा संयोजक रावतलाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको थियो । सीपी नेपालले २०१५ देखि सिकलसेल सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ भने यस अघि गढवा र राजपुर गाउँपालिकाका स्वास्थ्य चौकिमा सिकलसेलको रगत परीक्षणका लागि ल्याबमा विभिन्न उपकरण पनि सहयोग गरिएको थियो ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुमगन
ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थी र सीपी नेपालका निर्देशक सापकोटाले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिको अनुगमनका साथै प्रमुख रमेश कडेँलसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दाङ जिल्लामा सिकलसेलको अवस्था र बिरामीहरुले भोगिरहेको समस्याका बारेमा छलफल भएको थियो । भेटवार्तामा प्रतिष्ठान प्रमुख कडेँलले हेमोग्लोबिन इलेक्ट्रोफोरसेसका लागि बिरामीहरुले निजी ल्याबहरुमा महङ्गो शुल्क तिर्न बाध्य रहेको बताउदै यस रोगको बारेमा जनचेतना जगाउदै सोको लागि सबै क्षेत्रले पहल गर्नु पर्ने बताएका थिए ।
स्वयंसेबिकालाई सचेतना कार्यक्रम
सीपी नेपालको आयोजना र सिसहनिया स्वास्थ्य चौकिको समन्वयमा राप्ति गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेबिकाका लागि सिकलसेल एनिमिया सम्बन्धी एकदिने सचेतना कार्यक्रम संचालन गरिएको छ । सिसहनिया स्वास्थ्य चौकिका प्रमुख धनबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ति गाउँपालिकाका विभिन्न वडामा रहेका ३० जना महिला स्वास्थ्य स्वयंसेबिकाहरुले सहभागिता जनाएका थिए । यो विषय आफूहरुका लागि नयाँ भएको बताउदै यो कार्यक्रमपश्चात आफू कार्यक्षेत्र गाउँमा यस विषयमा आफूहरुले सचेतना फैलाउने स्वयंसेबिकाहरुले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सिपी नेपालका सरिता चौधरी, हेमराज शर्मा र ल्याब असिस्टेन्ट रमेश चौधरीले सिकलसेल एनिमियाका बारेमा जानकारी गराएका थिए ।
सडक नाटक
सीपी नेपालको आयोजनामा राप्ति गाउँपालिका–६, मझेरीयामा सिकलसेल सम्बन्धी चेतना फैलाउने उदेश्यले सडक नाटक प्रर्दशन गरिएको छ । अँझै पनि धेरै समुदाय यस सम्बन्धी अनबिज्ञ रहेको र सो बारेमा सचेतना फैलाउनका लागि स्थानीय भाषाको प्रयोग गरेर नाटक प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।
किशोरी शिक्षा कक्षा
यसै बीच ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियाको आर्थिक सहयोगमा सीपी नेपालद्धारा संचालित किशोरी कक्षाको पनि अनुगमन गरिएको छ । ब्रिटिस युनिभर्सिटिज अफ कोलम्बियामा अध्ययन गरिरहेका ६ जना मेडिकल विद्यार्थीले किशोरीहरुलाई किशोरी शिक्षाका बारेमा प्रशिक्षण समेत दिएका थिए । अहिले ९० जना किशोरीहरुले यस सम्बन्धी प्रशिक्षण लिइरहेको सहजकर्ता सिता कुमालले जानकारी दिइन् ।
