Sidha Patra बिहिबार, बैशाख २२, २०७९

सल्यान । सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर आज मृत्यु भएको हो ।

आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । यसैगरी शारदा नगरपालिका वडा नम्बर ९ मेलटाकुरीकी ७१ वर्षीया लती बोहराको रूखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हिजो बिहान बारीमा घाँस काट्न गएकी बोहरा लडेर घाइते हुनुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]