
Asb
lnp
Ggp
Rgp
Rgp
Sgp
Dbs
Lnp
Dus
Rgp
Ggp
Jns
Lks
Usb
Rgp
ksb


दाङ । दाङमा ११ मतदानस्थल अति संवेदनशीलको सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १५३ मतदानस्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखेको हो।
१३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ। भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो।
सोहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । सुरक्षा निकायको तर्फबाट जिल्लाका दश स्थानीय तह अन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमन समेत गरिएको थियो।
सोही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको हो। यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने छन्।
