भानु जोशी मंगलबार, आषाढ ३०, २०७७

दाङ । देउखुरीको लमही-गढवा र कोइलावास सडकखण्ड तथा राप्ती नदिमा पर्ने बलामपुरको पुल नजिक राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन कार्यमा निरन्तर आज पनि जारी राहेका छन् । स्काभेटरले उत्खनन गर्ने र टिप्परले क्रसर उद्योगमा ओसारी राखेको स्थानीय बासीले बताएका छन् । राप्तीको उत्खनन कार्य सेटिङमै अगाडी बढेको स्पष्ट आँकलन गर्न सकिन्छ। कस्को मिलोमतो हो,यो ? नागरिकले प्रश्न गरिरहेका छन् । उत्खननले त राप्तीमा जोखिम बढाउने भयो,भनि नाम नबताउने सर्तमा एक स्थानीय बासीले भन्नू भयो।

नदीजन्य पदार्थको उत्खनन गर्दा इजाजत दिने निकायले ८० सेन्टिमिटर भन्दा बढि खन्न नपाउने सर्त तोकेको भए पनि यहाँ ४/५ मिटर गहिराई सम्म खन्ने गरेका छन् । निति नियम र विधान अनुसार जेठ मसान्त पछि नदीनालामा उत्खनन कार्य बन्द गर्ने भनी नियम रहेपनि सो नियम कागजमा सिमित राखेर यतिबेला राप्ती नदीमा धमाधम उत्खनन कार्य जारी रकेको छ । यता सम्बन्धित निकायले आखामा पट्टि बाँधेको छ र कानमा तेल हालेर चुपचाप बसेको छ । त्यहाँका स्थानीय बासीले चिन्ता व्यक्त गर्दै गुनासो पोखेका छन्।देखावटी रुपमा उपभोक्ताले घर प्रयोजनका लागि ल्याइएका ढुंगा गिट्टी बालुवा ओसारेका एक दुईवटा ट्याक्टर नियन्त्रणमा लिने र धमाधम टिप्परमा नदीजन्य पदार्थ ओसार्दा नियमन गर्ने निकाय मुखदर्शक बनेको जगजाहेर देख्न सकिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]