दाङ । राप्ती नदीमा डुबेर भारतीय एक युवको मृत्यु भएको छ ।
भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीप कुमार पाठक शुक्रबार बिहान १० बाजेको समयमा साथीहरुसंग लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थिति राप्ती नदीमा पौडी खेल्न गएको क्रममा डुबेर मृत्यु भएको हो ।
पाठक भारतदेखि देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ खरानी ल्याएर नेपाल आएका थिए । उनि पौडी खेल्न नजानेको कारण राप्ती नदीमा दुबेर ज्यान गएको उनका साथीले जानकारी दिए । पाठकलाई शनिबार लमही अस्पतालमा पोस्टमार्टम गरि भारत पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमख पुष्पराज थापाले जानकारी दिए ।