दाङ । गढवा गाउँपालिका र संचार चौतारी दाङको आयोजनामा गढवा गाउँपालिकाको आधारभूत तह कक्षा १–८ मा स्थानीय बिषयको पाठ्यक्रम मस्यौदा माथी कार्यपालिकाका सदस्यहरुबिच छलफल तथा मस्यौदा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा स्तरमा प्रारम्भिक छलफल र गाउँपालिकाभरका शिक्षा सरोकारवाल बिच छलफल भै सकेपछि सुच्छम अध्ययन गरि तयार गरिएको उक्त पाठ्यक्रममा स्थानीय स्तरको ज्ञान र बिद्यार्थी केन्द्रित सिकाई रहने संचार चौतारी दाङले जनाएको छ । सो पाठ्यक्रममा हाम्रो गढवा,गढवाका पर्यटकिय तथा धार्मिक स्थालहरु,बिभिन्न जात जाती भेष भुषाका समूदायका संस्कार संस्कृती र परम्परागत प्रचलन, स्थानीय पेशा ब्यवसाय,बिपद ब्यवस्थापन, जिवनोपयोगी सिप तथा सुरीषत बिद्यालय, सामाजिक संघसंस्थाहरुको परिचयात्मक बिवरण, स्वास्थ्य,सरसफाई खोलकुद,वन तथा वातावरण र हरित बिद्यालय सम्बन्धि बिषयबस्तुहरु समावेश गरिने गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभएको छ ।
पाठ्यक्रम निर्माणका लागि संचार चौतारी दाङले प्राबिधिक सहयोग गर्ने भएको छ भने पाठ्यक्रम निर्माणको निर्देशक समितिमा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको संयोजकत्वमा उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत र शिक्षा प्रमुख रहनु भएको छ ।
त्यसैगरी पाठ्यक्रम निर्माण कार्यदलमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक शुदर्शन रिजाल,देउखुरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हरेकृष्ण ज्ञवाली,शिक्षा परामर्शदाता मुकुन्द रिजाल,सरकारी बिद्यालयका प्रअ रामसुरत यादव,सुर्यप्रकाश बर्मा,निमीत्त प्रअ भानु जिएम र परामर्शदाता राधा पौडेल रहनुभएको छ ।
यसैबिच बिहिवार सम्पन्न कार्यक्रममा कार्यदलले तयार पारेको पाठ्यक्रमको मस्यौदा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमको सहजीकरण संचार चौतारीका सुदर्शन रिजाल र जनता माबि गढवाका प्रअ रामसुरत यादवले गर्नुभएको थियो ।