शिबराज पन्थी/गढवा सोमबार, बैशाख ०५, २०७९

कपिलबस्तु । लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानको आइतवार कपिलबस्तुमा भएको प्रदेश स्तरीय भेलाले ऋषि आजाद आचार्यलाई प्रदेश वाङमय प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ । आजादको अध्यक्षतामा भएको प्रतिष्ठानको भेलालाई पुर्व प्रधानमन्त्री माधव नेपालले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालले भाषा साहित्य,कला र संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि साहित्यकारहरुको अहं भूमिका हुने बताउनुभयो । साहित्यकारहरुले देशलाई सत्मार्गमा डोर्याउन र राजनितिक बिकृति बिसंगतिप्रति खर्बदारी समेत गर्दै आएको पुर्व प्रधानमन्त्री नेपालले बताउनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले भाषा,संस्कृति कला र साहित्यको माध्यमबाट साहित्यकर्मिहरुले राष्ट्रको बिकास र समृद्धिलाई अगाडी बढाउन सुझाव दिनुभयो । प्रदेश स्तरिय भेलाले ऋषि आजाद आचार्यको अध्यक्षतामा लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठानको गठन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा दाङका हरि पोखे्रल।उपाध्यक्षमा रुपन्देहीका सृजना ज्ञवाली,महासचिवमा कपिलबस्तुका अर्जुन पौडेल,सचिवमा बर्दियाका शेखर दहित र कोषाध्यक्षमा रुपन्देहीका लक्ष्मण ज्ञवाली रहनुभएको छ । सदस्यहरुमा बिक्रम शिसीर बाँके,मिना बराल बर्दिया,फत्ते कुमारी ओली पुर्बिरुकुम,कमलमणि देवकोटा दाङ,नवराज आचार्य प्यूठान,कविता उपाध्याय रोल्पा,कृष्णकला भण्डारी पाल्पा,डा.श्याम प्रसाद न्यौपाने नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलबस्तु,तिलक लामिछाने रुपन्देही,कविता पन्थी गुल्मी र पिताम्बर बन्जाडे अर्घाखाँची रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]