
Jsbus
Pbu
Bksbus5
Ssbus
Nssbus7
Gsl
Ratbs
dsbus
Syees
Ddhbs
Gsbus
Csbus
gms
Rbs
syysr
Amb

Sbs
nsb
Rgu
Ggd
Rsb
Tsm
Rgs
Wsp
Asm
Pvg
Hal
Rgu
Gst
Bbbpu
Sls
Bbu
Vor
Ssm
Ksm

Syp
bbt
Mks
Pls
Abd
Gsb
Bml
Ptm
Jmb
sab
Jmb
Rpp
Rmb
कपिलबस्तु । लुम्बिनी प्रदेश वाङमय प्रतिष्ठानको आइतवार कपिलबस्तुमा भएको प्रदेश स्तरीय भेलाले ऋषि आजाद आचार्यलाई प्रदेश वाङमय प्रतिष्ठानको अध्यक्षमा चयन गरेको छ । आजादको अध्यक्षतामा भएको प्रतिष्ठानको भेलालाई पुर्व प्रधानमन्त्री माधव नेपालले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपालले भाषा साहित्य,कला र संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि साहित्यकारहरुको अहं भूमिका हुने बताउनुभयो । साहित्यकारहरुले देशलाई सत्मार्गमा डोर्याउन र राजनितिक बिकृति बिसंगतिप्रति खर्बदारी समेत गर्दै आएको पुर्व प्रधानमन्त्री नेपालले बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले भाषा,संस्कृति कला र साहित्यको माध्यमबाट साहित्यकर्मिहरुले राष्ट्रको बिकास र समृद्धिलाई अगाडी बढाउन सुझाव दिनुभयो । प्रदेश स्तरिय भेलाले ऋषि आजाद आचार्यको अध्यक्षतामा लुम्बिनी प्रदेश वाङ्मय प्रतिष्ठानको गठन गरेको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा दाङका हरि पोखे्रल।उपाध्यक्षमा रुपन्देहीका सृजना ज्ञवाली,महासचिवमा कपिलबस्तुका अर्जुन पौडेल,सचिवमा बर्दियाका शेखर दहित र कोषाध्यक्षमा रुपन्देहीका लक्ष्मण ज्ञवाली रहनुभएको छ । सदस्यहरुमा बिक्रम शिसीर बाँके,मिना बराल बर्दिया,फत्ते कुमारी ओली पुर्बिरुकुम,कमलमणि देवकोटा दाङ,नवराज आचार्य प्यूठान,कविता उपाध्याय रोल्पा,कृष्णकला भण्डारी पाल्पा,डा.श्याम प्रसाद न्यौपाने नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलबस्तु,तिलक लामिछाने रुपन्देही,कविता पन्थी गुल्मी र पिताम्बर बन्जाडे अर्घाखाँची रहनु भएको छ ।

