दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ ।
आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए । आइतवार साँझ फेन्सी व्यवसायी तथा सुनचाँदी व्यवसायीहरु विच प्रतियोगीता हुने छ । फाइनल खेल सोमवार विहान हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए ।
यसैगरेर कुसीदौड प्रतियोगीतामा मुक्तिराम खनाल प्रथम थानेश्वर वुढा द्धितीय र मिलन लामा तृतीय भएको कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेले जानकारी दिइन् । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष धुव्रराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल प्रतियोगीता सञ्चालन समितीका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेतले गरेकी थिइन् । संघले आफनो स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता सञ्चालन गदै आएको छ ।