टेकबहादुर पुन आइतबार, बैशाख ०४, २०७९

दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ ।

आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रनको योगफल तयार गर्यो ।

७ नम्बर वडालाई जित दिलाउन सुरेश दर्लामी र सुरज धितालले समान ४/४ चौका प्रहार गर्दै समान २८/२८ रनको योगदान दिए । त्यस्तै सञ्जय कुमालले १५ बल खेल्दै २ चौकाको मद्धतमा २० रनको योगदान दिए भने सनम श्रेष्ठले १ चौका प्रहार गर्दै १५ रनको योगदान दिए । सुरुवातमै राम्रो प्रदर्शन गरेको वडा नम्बर ७ का लागी कप्तान रमेश थापाले ओपनरमै २ चौका सहित १० रनको योगदान दिएपछि खेलाडीमा हौसला थपियो । सन्देश केसीले पनि १० रनको योगदान दिए भने अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

उता देउखुरी क्रिकेट एकेडेमीले वडा नम्बर ७ लाई सस्तैमा समेट्न प्रयास थालेपनि असफल बन्यो । सागर थापा, सिद्दार्थ डाँगी र शिशिर केसीले समान २/२ विकेट लिए । भने अभिषेक केसी र सन्तोष केसीले १/१ विकेट लिए ।

सुरुवातमै राम्रो प्रदर्शन सँगै वडा नम्बर ७ ले तयार गरेको योगफल देउखुरी क्रिकेट एकेडेमीका लागि भारी पय्रो । १ सय ६० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको देउखुरी क्रिकेट एकेडेमीले १० ओभरमा पूरा विकेट गुमाउँदै २९ रनमै समेटियो । सुरुमै खराब प्रदर्शन गरेको देउखुरी क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान सिद्दार्थ डाँगी ३ बलमै शून्य रनमा बोल्ड आउट भएपछि टिममा दवाब पर्यो । दबावका बाबजुद पनि सागर थापाले १ चौकाको मद्दतमा ८ रनको योगदान दिए भने शिशिर केसीले १ चौका प्रहार गरे । उनिहरु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अँक समेत जोड्न सकेनन् ।

देउखुरी क्रिकेट एकेडेमीलाई सस्तैमा समेट्न वडा नम्बर ७ का खेलाडी सन्तोष सुनारले ३ ओभरमा २ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै कैलाश शाहले ५ रन खर्चिएर ३ विकेट लिए । भने सुरज जिएमले २ र सुरज धितालले १ विकेट लिए । प्रतियोगितामा वडा नम्बर ७ का खेलाडी सन्तोष सुनार म्यान अफ दि म्याच घोषित भए । यो खेल सँगै वडा नम्बर ७ अहिले सम्मकै उत्कृष्ट स्कोर सहित भारी अन्तरले बिजयी बन्ने टिममा परेको छ ।

अहिले दोस्रो खेलका लागी वडा नम्बर ६ गोरखा मोडर्न एकेडेमी र वडा नम्वर ३ बिच खेल भईरहेको छ । लमही नगरपालिकाको आर्थिक सहयोग र देउखुरी क्रिकेट क्लबको आयोजनामा टि-२० त्यस्रो मेयरकप क्रिकेट प्रतियोगिता लमहीमा जारी छ । प्रतियोगितामा जिल्लाभरका १२ टिमले सहभागी जनाएका छन । पहिलो हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले नगद ३० हजार पुरस्कार पाउने छन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]