भानु जोशी बुधबार, आषाढ २४, २०७७

दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर ३ को बनगाउँचोक देखि बलामपुर निस्कने बाटो हिजो-आजको वर्षातले चिप्लो र हिलो तथा खाल्डाखुल्डी बनाएको छ । त्यस बाटोमा दैनिक स्थानीय नागरिक हिड्ने गर्छन् । तर यो समय नागरिकहरुलाई धेरै सास्ती भएको छ । यतिबेला वर्षाको समय छ । चिप्लो र हिलोले सताउछ । हिउँदाको समय धुलोले हैरान बनाउछ । स्थानीय बासिले सिधा पत्र संग गुनासो पोखे ।

त्यस्तै नगरपालिकाका जनप्रतिनिधि र हाम्रो वडा अध्यक्षलाई हाम्रो टोल-बस्तीको अनुगमन गरेर आवश्यक बजेट राखि दिनुस भन्दा उहाँहरु आउनु हुन्न,अझ आफै जानेर आउनु पर्ने हो तर यहाँ त एउटा वडाको जनप्रतिनिधि वडा अध्यक्ष जस्तो मान्छेले गाउँ-बस्तीको उल्टै भेदभाव राख्नु हुन्छ । स्थानीय समाज सेसी एवं बुद्धिजीवी भरतलाल चौधरीले बताउनु भयो ।

लमही नगरपालिका एउटा सुगम शहरको रूपमा चिनिएको भएपनि नगरको वडा भित्रको समस्याहरु दैनीय देखिएको छ । वडा नम्बर ३ भित्रको बनगाउँचोक देखि बनगाँउ गुर्जिहवा घुम्ना सेमरवा तथा बलरामपुर जाने बाटो,बनगाँउ दक्षिण टोलबाट मजगाँउ जाने बाटो,बनगाँउ राजमार्गबाट नारायणपुर जाने बाटो सबै हिलो र धुलो तथा उस्ता-उस्तै रहेकोे छ । त्यसैगरी हामीले सो समस्या स्थानीय बासी संग बुझेपछि,वडा अध्यक्ष संग त्यहाँको बारेमा थप जानकारीको लागि वडा अध्यक्ष बाबुराम चौधरीको ९८५७८४१४०३ मा पटक,पटक टेलीफोन सम्पर्क गर्यौं तर सम्पर्क हुन सकेन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]