
Ksbus
Gsbus
Lsbus
Bsbus
Gsbus
Gsl
bpmhl
Gss
Gms
Ses
Nssbush
Ksbus
Ssbus
Gsbus
ebg
Pbu
Ksbus
Gis
Gis
Rsbus

Ksm
Bbu
Tsm
Vor
Ggd
Wsp
Rgu
Hal
Sls
Gst
Rgu
Ssm
Sbs
Asm
Pvg
Bbbpu
nsb
Rgs
Rsb

Jmb
bbt
Bml
Pls
Syp
sab
Gsb
Ptm
Rmb
Rpp
Jmb
Mks
Abd
रुपन्देही । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो।
देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख गुरुङले नेपालमा पछिल्लो समय क्रीकेटको क्रेज बढेको र देवदह नगरपालिकाले पनि यो खेलमैदानलाई रंगशाला बनाउन भनेर अघि बढेको बताउनुभयो । अहिलेलाई २ ओटा कोठा सहितको ड्रेसिङ्ग रुम निर्माण भएको र यसलाई स्टडियमको रुपमा बिकास गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको थियो । उहाले खेलकुद क्षेत्रको विकास जहिले पनि आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा सदस्य धुर्व खरेल , सामाजिक व्यक्तित्व सुरज खरेल, देवदह क्रीकेट युनिटका पुर्व अध्यक्ष रबि रेग्मी, स्मृति सामुदायिक वनको अध्यक्ष भरत गुरुङ, सामाजिक व्यक्तित्व विक्ष्नु वाग्ले लागएतले बोल्दै खेल संग युवालाइ जोड्न आजको आवश्यकता रहेको बताउनुभएको थियो।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार , द्वितीय हुनेले १० हजार र तृतीय हुनेले ५ हजार नगद सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा बेस्ट ब्याट्सम्यानले नगद २ हजार ५ सय र ट्रफी, बेस्ट बोलरले नगद २ हजार ५ सय र ट्रफी र ईमर्जिङ्ग पेलेरले नगद रु २ हजार ५ सय र ट्रफी पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आजको पहिलो खेल वडा नं १० र वडा नं ६ बिच हुदैछ । त्यसै दोश्रो खेल साझ ३ बजे वडा नं १ र वडा नं २ बिच हुने आयोजक संस्थाको अध्यक्ष अजय थापा मगरले जानकारी दिनुभएको थियो ।
