
Jns
lnp
Ggp
Dbs
Dus
Rgp
Rgp
Ggp
Sgp
Asb
Pbu
Usb
Rgp
Rgp
Lnp
ksb
Lks


चैत । विश्व शान्तिका लागि शिवसवरी धाम धार्मिक केन्द्रमा यहि जेठ २१ गते ९ करोड बत्ती जलाइने भएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी अन्तरगत राप्ती गाउँपालिका ५ पहरूवामा अवस्थित सो धार्मिक केन्द्र ९ वर्षमा प्रवेश गरेकाले पनि ९ करोड बत्ती जलाइन लागेको धार्मिक केन्द्रकी संरक्षक शिवलक्ष्मी चाैधरीले आज पत्रकार सम्मेलन गरि जानकारी गराएकी छिन् ।
आज भन्दा ९ वर्ष अगाडि आफुमा दैविय शक्ति प्राप्त भएको बताउँदै यहाँ आउने जो कोहीले पनि गंगा स्नान र पुजापाठ गरे आफुले चिताएको कुरा पूरा हुने र विभिन्न किसिमका रोग व्याधी सन्चो हुने बताएकी छिन् ।
सो धार्मिक केन्द्रमा स्वर्ग प्राप्तिका लागि गंगा सागर, सागरघाट, विश्वको अग्लो त्रिशूल, १०८ वटा धारा, ५७ वटा शिव लिङ्ग, ३३ कोटी होमकुण्ड, कैलास पर्वत, शिव मन्दिर, भोलेनाथको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, सौणाकोट बाबाको मन्दिर, प्रभुको लुकामारी, प्रभुको गुफा, भगवती देवीको मन्दिर, गोवर्धन पर्वत, सन्तोषी माताको मन्दिर, हनुमानको मन्दिर, बिष्णु भगवानको धुना, बुद्ध भगवानको धरहरा, सुपादेउराली दर्शन, राम भगवानको कुट्टी, बिष्णु भगवानको पोखरी र शिवघाट रहेको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा शिवसवरी धाम धार्मिक केन्द्रका संस्थापक अध्यक्ष तथा सल्लाहकार मिश्रुलाल चाैधरी, उपाध्यक्ष हरिबहादुर बुढा क्षेत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्य, दाङ शाखाका सहसचिव दशरथ घिमिरे, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता, राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्याैपाने, गणतन्त्र राष्ट्रिय दैनिकका शिवु खनाल, दाङ समाचार डटकमका प्रकाशक/ संचालक प्रियास्मृती गजमेर, सिस्ने अनलाइनका प्रतिनिधि जगत खनाल, पिजिसी मिडियाका सञ्चालक पशुपति जिसी, दंगाली अनलाइनका सञ्चालक भुवन पाैडेल लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
